विद्यालयको दोस्रो पटक गर्मि बिदा थपियो
बुधबार, असार ०१, २०७९ मा प्रकाशित

बर्दिया, असार १ (फरकसमाचार) / अत्याधिक गर्मीका कारण दोस्रो पटक गुलरिया नगरपालिकाले सम्पुर्ण विद्यालयलाई तीन दिन गर्मि बिदा थप गरेको छ । केही दिनदेखि ह्वात्तै गर्मी बढेपछि बुधबार देखि शुक्रबारसम्म दोस्रो पटक तीन दिनको लागि बिदा दिएको हो ।

नगरपालिकाले पहिलो पटक जेठ २७ गतेदेखि जेठ ३१ गतेसम्म सम्पुर्ण विद्यालयलाई पाँच दिन बिदा दिएको थियो । तापक्रममा कुनै सुधार नभई तापक्रम बढेपछि नगरपालिका अन्र्तगतका सम्पुर्ण विद्यालयलाई नगरपालिकाले दोस्रो पटक बिदा थप गरेको छ ।

अत्याधिक गर्मिको कारण विद्यालय संचालन गर्न कठिनाई भएपछि शिक्षा नियमावली २०५९(संशोधन सहित) को नियम ८५ को उपनियम (३) अनुसार विद्यालयले दिने बिदाबाट मिलान गर्ने गरी सबै विद्यालय बिदा गरिएको गुलरिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले मंगलबार सुचना प्रकाशित गरी जनाएको छ । गुलरिया नगरपालिका नगर प्रमुख स्तरीय निर्णयानुसार थप तीन दिन गर्मि बिदा दिईएको सुचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय