लागु औषध र बैकिङ कसुरका दुई फरार प्रक्राउ
शुक्रबार, असार १७, २०७९ मा प्रकाशित

बर्दिया, असार १७ (फरकसमाचार) / लागुऔषध र बैकिङ कसुरमा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिका–६ का ४३ वर्षिय शेर बहादुर बुढा र गेरुवा गाउँपालिका–४ बस्ने मनोज डंगोललाई प्रहरीले पक्राउ गरेको हो ।

डंगोललाई बुधबार र बुढालाई बिहीबार प्रहरीले प्रक्राउ गरेको छ । ०६७ साल असार १३ गते बाँके जिल्ला अदालतले बुढालाई लागु औषध चरेश मुद्दामा १ वर्ष ४ महिना २७ दिन कैद सजाय र रु ७ हजार ५ सय जरिवाना तोकेको थियो । बुढा १२ वर्ष देखि फरार रहेका थिए ।

त्यसैगरी बाँके जिल्ला अदालतले गत जेठ ६ गते डंगोललाई बैकिङ कसुरमा २ वर्ष कैद सजाय तोकेको थियो । अदालतले कैद र जरिवाना तोकेको दिन देखि दुवै जना फरार रहेका थिए । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई सजाय भुक्तान गराउन अदालत उपस्थित गराई कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय