शुद्ध खाने पानी ट्याङकी जडान
मङ्गलबार, असार २१, २०७९ मा प्रकाशित

बर्दिया, असार २१ / बारबर्दिया नगरपालिका–१० लम्कीफाटामा २ वटा ओभरहेड खानेपानी ट्याङकी जडान गरिएको छ । नेपाल सरकार, खानेपानी मन्त्रालय, ग्रामिण खानेपानी तथा सरसफाइ कोष बिकास समिति (फन्ड बोर्ड) महाराजगंजको आर्थिक सहयोगमा निर्मित खाने पानी आयोजनालाई मायुसले प्राविधिक सहयोग गरेको हो ।

बारबर्दिया नगरपालिका– १० को समन्वय र फन्ड बोर्ड को १ करोड ३१ लाख ५१ हजार ६ सय ३५ रुपैंया र स्थानिएको जनश्रमदानमा योजना तयार भएको हो । २ वटा ओभरहेड टंकी निर्माण गरिएकोमा एउटा टंकीको क्षमता २५ हजार लिटर र अर्कोको २० हजार लिटर रहेको छ ।

सामान्य हेण्डपम्पबाट निकालिएको पानीले वर्षा याममा समस्या रहेको मायुसका परियोजना अधिकृत प्रेम लाल थारुले बताए । ‘लम्की फाटामा खाने पानी परियोजनामा १ सय २० मिटर गहिरो बोरिङ्ग जडान गरि पानी निकालिएको छ’ उनले भने, ‘निकालिएको पानी नेपाल सरकारको गुणस्तर मापदण्ड अनुसार पाइएकाले अब यहाँका जनताले शुद्ध पानी पिउन पाउने छन् ।’

बारबर्दियाका नगर प्रमुख छबि लाल थारुले झप्टिमा खानेपानी परियोजनाले गर्दा स्थानियले स्वच्छ पानी पिउन पाउने बताए । शुद्ध पिउने पानीका कारण पानीजन्य रोगहरु नलाग्ने थारुको भनाई छ ।

२ वटा ओभर हेड टंकीबाट यहाँका ४ सय घर धुरीका १ हजार २ सय जनाले शुद्ध पानी पिउन पाउने छन् ।

बारबर्दिया नगरपालिकाका नगर प्रमुख छबि लाल थारुले धाराको टुटी खोलेर खाने पानी आयोजनाको उद्घाटन गरेका थिए । कार्यक्रममा नगर उप–प्रमुख रत्न कुमारी पाण्डे, वडा नं १० का वडा अध्यक्ष रण बहादुर थारु, वडा न.६ का निवर्तमान वडा अध्यक्ष बिक, बारबर्दिया नगरपालिकामा रहेका बिभिन्न खाने पानी आयोजनाका पदाधिकारी र सो बडाका बडघर लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय