मधुवनका तीन जना बढैयातालमा लागु औषधसहित पक्राउ
मङ्गलबार, साउन १७, २०७९ मा प्रकाशित

बर्दिया, साउन १७ (फरकसमाचार) / लागु औषध ब्राउनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–८ दशगजा नजिकबाट लागु औषधसहित तीन जनालाई प्रहरीले सोमबार पक्राउ हो ।

पक्राउ पर्नेमा मधुवन नगरपालिका–५ का ललित बहादुर गुरुङ, समिर सार्की र वडा नम्बर ६ का किरण वंशी मगर रहेका छन् ।

नेपाल भारतको दशगजा नजिक शंकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई खानतलासी गर्दा लागु औषध बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले तीनै जनाको साथबाट ५ सय ५० मिलिग्राम लागु औषध ब्राउन सुगर बरामद गरेको छ ।

प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिई अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी सुर्य प्रकाश सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय