स्वास्थ्यकर्मीको बिभेदपूर्ण सरुवामा नगर प्रमुख र प्रशासकिय अधिकृतको चलखेल
शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित

बर्दिया, साउन २० (फरकसमाचार) / स्वास्थ्य कर्मचारीको सामुहिक रुपमा गरिएको मनोमानि ढंगबाट नगर प्रमुख दिपेश थारु र प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदिको चलखेल भएको खुलेको छ । स्वाथ्यकर्मीको सरुवाप्रति असन्तुष्ट स्थाई र करारका स्वास्थ्य कर्मचारीले राजापुर नगरपालिकामा रहेका स्वास्थ्य संस्था विहिबार दुई घन्टा ठप्प पारे ।

दुई दिन देखि आन्दोलित स्थाई र करार स्वास्थ्यकर्मीको माग सुनुवाई नहुँदा स्थाई र करारमा रहेका स्वास्थ्यकर्मीले दुई घन्टा कामकाज ठप्प पारकोे स्वास्थ्यकर्मीको भनाई छ ।

स्थानीय तहको चुनाव पश्यात शिक्षक कर्मचारीको दलिय विवरण माग्दै बिद्यालयका प्रध्यापकलाई प्रमुख प्रशासकिय अधिकृत सुबेदीले पत्राचार गरेपछि नगर प्रमुख थारु र सुबेदिको बदनियत भएको खुलासा भएको शिक्षाकर्मी बताउँछन् ।

पार्टी खुलाएर पठाउँन उल्लेख गर्दै प्रअलाई शिक्षकको बिषयमा पटक पटक आक्रान्त बनाएपछि नगर प्रमुख थारु र अधिकृत सुबेदिको चर्को आलोचना भईरहेको छ । ‘कुन पार्टीको शिक्षक हो भन्ने प्रअ लाई कहाँ थाहा हुन्छ,’ एक प्रअले भने,‘अधिृकत सुबेदि माओबादी निकट भएका कारण माओबादी शिक्षकलाई राजिनामा दिन लगाए,तर ति शिक्षक समाजका सामु आलोचित भईरहेका छन् ।

पटक पटक खरिद एन मिचेको विवादमा मुछिएका आरोप लागेको राजापुर नगरपालिकाका नगर प्रमुख थारु र प्रशासकीय अधिकृत सुवेदी पुनः स्वास्थ्यकर्मीको सरुवा विवादमा मुछिएका हुन् । आन्दोलित स्वास्थ्य कर्मचारीले कार्यबिधि नबनाई, स्वास्थ्य शाखासँग समन्वय नगरी आफ्नो मनोमानी, पूर्वाग्राही र विभेदपूर्ण तरिकाले स्वास्थ्यका कर्मचारीहरुको सरुवा गरेको उल्लेख गर्दे नगरपालिकालाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

स्वास्थ्य शाखासँग कुनै समन्वय तथा सहकार्य नगरी हचुवाको भरमा कसैको व्यक्तिगत स्वार्थ पुरा गर्ने गरी कर्मचारीहरुको सामुहिक सरुवा गरिएको स्वास्थ्य शाखा प्रमुख गणेश प्रसाद अर्यालले बताए । ‘जोखिम मोलेर कोरोना कहरमाा खटिएका कर्मचारीलाई नगर प्रमुखको सहयोग लिएर निर्मम प्रहार भएको छ’उनले भने,‘आफुखुसी सरुवाको हामीलाई अमान्य छ, बलजफ्ती गरिएको सरुवा स्वयम वडाका जनप्रतिनिधि खुसी हुनुहुन्न ।’

प्रतिसोध साधेर गरिएको सरुवामा नगर प्रमुख थारु र प्रशासकीय अधिकृत सुवेदीको उद्देश्य सरुवामा असन्तुष्ट धर्नामा आएका करारका कर्मचारी निकालेर कार्यकर्तालाई कर्मचारीमा भर्ना गर्ने योजना अनुरुप काम गरेको स्वास्थ्य कर्मचारीहरुको आरोप छ ।

कोरोना संक्रमणको महामारी फैलिरहेको बेला र यस मौसममा बाढी, पहिरो, कोरोना जस्ता विभिन्न रोगहरुको माहामारी हुन सक्ने संबेदनशील समयमा गरिएको सरुवाले विपद तथा महामारीको रोकथाम, व्यवस्थापन तथा प्रतिकार्यमा बाधा पुग्न गएमा स्वास्थ्य तर्फका कर्मचारी जिम्मेवार नहुने कुरा ज्ञापनपत्रमा उल्लेख छ । हचुवाको भरमा गरिएको सरुवा बदर गर्न माग गर्दे पुरा नभएमा आगामी दिनहरुमा आन्दोलनको थप कार्यक्रम गरिने व्यहोरा उल्लेख छ ।

संघिय मामिला मन्त्रालयले नगरपालिकाको प्रमुख प्रशासकीय अधिृकतमा उपसचिवको दरबन्दी छ तर अर्जुन सुवेदी शाखा अधिकृत हुन् । सुवेदी माओवादी प्रदेश कमिटि सदस्य समेत रहेको स्वास्थ्य कर्मचारीहरुको दावी छ । प्रमुख प्रशासकियलाई सुबेदिलाई सर्मथन गर्दे सरुवा गरिएको कर्मचारी सम्बन्धित कार्यालयमा हाजिर नभए करार नबिकरण बखास्त गर्ने र स्थाई कर्मचारीलाई कारबाही गर्ने नगर प्रमुख थारुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय