बर्दियामा थप २९ जनामा संक्रमण पुष्टि
मङ्गलबार, साउन २४, २०७९ मा प्रकाशित

बर्दिया, साउन २४ (फरकसमाचार) / जिल्लामा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १५ महिला १४ पुरुषमा मंगलबार संक्रमण पुष्टि भएको हो । मंगलबार थप २९ जनामा संक्रमण पुष्टि भएसंगै सक्रिय संक्रमितको संख्या १ सय ८७ पुगेको छ । १ सय १२ महिला र ७५ पुरुषमा भाइरस सक्रिय रहेको स्वास्थ्य कायालयले जनाएको छ ।

सबै सक्रिय संक्रमित होम आईसोलेशनमा छन् । आठ वटै पालिका मध्ये सबै भन्दा बढी बारबर्दिया नगरपालिकामा सक्रिय संक्रमित रहेका छन् । बारबर्दिया नगरपालिकामा १ सय ९ जनामा भाइरस सक्रिय रहेको छ ।

बढैयाताल गाउँपालिकामा २६, ठाकुरबाबा नगरपालिकामा २१, बाँसगढी नगरपालिकामा १०, गुलरिया नगरपालिकामा १०, मधुवन नगरपालिकामा ३ र राजापुर नगरपालिकामा ३ जनामा भाइरस सक्रिय रहेको छ । त्यसैगरी गेरुवा गाउँपालिकामा ५ जनामा भाइरस सक्रिय रहेको स्वास्थ्य कार्यालयको रेकर्डले पुष्टि गरेको छ ।

हालसम्म स्वास्थ्य कार्यालयले ४ लाख ११ हजार २ सय ५ जनालाई पहिलो खोप, ३ लाख २५ हजार ९ सय ५० जनालाई दोस्रो र १ लाख ८० हजार २ सय ४२ जनालाई कोरोना विरुद्धको तेस्रो खोप लगाएको स्वास्थ्य कार्यालयमा रेकर्ड छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय