किशोरावस्थाका जिज्ञासा र समस्या समाधान गर्दै परियोजना
सोमबार, साउन ३०, २०७९ मा प्रकाशित

बर्दिया, साउन ३० (फरकसमाचार) / किशोरावस्थामा हुने शारीरिक परिर्वतनका जिज्ञासा र देखा परेका समस्याको बारेमा ज्ञान सिकाउन नेतृत्व र निर्णण परियोजना सक्रिय रुपमा काम गरिरहेको छ । १० देखि १९ वर्ष उमेर समुहका किशोर किशोरीमा हुने शारीरिक परिर्वतन र देखा परेका समस्याको समाधान गर्ने उदेश्यले परियोजना संचालन भएको हो ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बि ग्रुप द्वारा संचालित नेतृत्व र निर्णय परियोजनाले बारबर्दिया र मधुवन नगरपालिकामा सक्रिय रुपमा काम गरिरहेको परियोजनाका संयोजक सुर्य नेपालीले बताए । ‘परियोजनाले किशोरावस्थामा हुने शारीरिक परिर्वतन र समस्याको बारेमा ज्ञान सिकाउँछ’ संयोजक नेपालीले भने,‘ किशोरावस्थामा हुने महिनावारी, यौन प्रजनन्को बारेमा ज्ञान र बालविवाह नगर्न सचेतना फैलाउने काम परियोजनाले गरेको छ ।’ किशोरावस्था ज्ञान नभएर वा ज्ञान हुँदा हुँदै गरिहाल्ने उमेर हो । यो अवस्थामा किशोर किशोरीको निर्णय गर्ने क्षमता परिपक्क नहुँदा जस्तो पनि निर्णय लिहाल्छन् ।

यस अवस्थामा गरेको निर्णयले शारीरिक वा मानसिक रुपमा असर पर्न सक्छ । यस अवस्थामा हुने शारीरिक परिर्वतन, महिनावरी हुँदा के भयो होला, कसरी व्यवस्थापन गर्ने जानकारी नहुन सक्छ । त्यस सम्बन्धि जानकारी गराउने काम परियोजनाले गरेको छ । यस अवस्थाका किशोर किशोरीलाई बालविवाहको असरको बारेमा ज्ञान दिएर बालविवाह न्युनिकरणमा परियोजना भुमिका खेलिरहेको परियोजना संयोजनक नेपालीले सुनाए । किशोरावस्थाका किशोर किशोरीमा कुनै समस्या भए सुरक्षित स्वास्थ्य संस्थामा गएर सेवा लिनसमेत सुझाव दिएको परियोजना संयोजक नेपालीको भनाई छ ।

गत वर्ष जिल्ला भरी २० वर्ष मुनिका १ हजार ७ किशोरीले गर्भावस्थामा विभिन्न समयमा सुरक्षित स्वास्थ्य संस्थामा सेवा लिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीले बताए । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार बारबर्दियामा १ सय ९६, बाँसगढीमा १ सय ५७ र गुलरिया नगरपालिकामा १ सय ५० जनाले सेवा लिएको उनले जानकारी दिए ।

त्यसैगरी गत वर्ष जिल्लाभरी २० वर्ष मुनिका ६६ जना किशोरीले स्वास्थ्य संस्थामा सुरक्षित गर्भापतन गराएको रेकर्ड जनस्वास्थ्य निरीक्षक चौधरीले सार्वजनिक गरे । सरकारले २० वर्ष नपुगि विवाह गर्न नपाईने व्यवस्थ्या गरेपनि रेकर्ड अनुसार अझै बालविवाह रोकिएको छैन । बालविवाह रोक्न सबैले आ–आफ्नो ठाउँबाट सचेतना फैलाउन आवश्यक रहेको जनस्वास्थ्य निरीक्षक चौधरीले जोड दिए ।

बि ग्रुपको आयोजना र स्वास्थ्य कार्यालयको समन्वयमा आइतबार भएको संचारकर्मीसंगको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रममा जनस्वास्थ्य निरीक्षक चौधरीले किशोर किशोरीको यौन प्रजनन् सम्बन्धि जानकारी गराएका थिए । किशोरावस्थामा पोषणयुक्त खानाको कमीबाट हुने समस्या, मनोसामाजिक तथा व्यवहारिक परिर्वतन, यौनिक परिर्वतन, यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि चासो जिज्ञासा र यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि अधिकारलगायत विषयमा संचारकर्मीलाई जनस्वास्थ्य निरीक्षक चौधरीले जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय