लागु औषधका कारोबारी पक्रन प्रहरी माहिर बन्दै
बुधबार, भदौ ०१, २०७९ मा प्रकाशित

बर्दिया, भदौ १(फरकसमाचार) / पछिल्लो समय लागु औषधका सेवनकर्ता र कारोबारीलाई पक्रन प्रहरी माहिर बन्दै गएको छ । दुई सातायता लागु औषधका कारोबारी र सेवनकर्तालाई प्रहरीले धमाधमा पक्रन थालेको हो । प्रहरीले सर्च अप्रेशन चलाई लागु औषधका सेवनकर्ता र कारोबारीलाई नियन्त्रणमा लिई कानुनी कारवाही गरिरहेको छ ।

दुई साताको अन्तरालमा १५ जना लागु औषधका सेवनकर्ता र कारोबारीलाई प्रहरीले पक्रन सफल भएको छ । जसमध्ये ४ जना बाँकेकासमेत रहेका छन् । जिल्लामा लागु औषध दुव्र्यसनी न्युनिकरणको लागि प्रहरीले विद्यालयमा सचेतनामुलक कार्यक्रम संचालन गरिरहेको छ । त्यसैगरी प्राकृतिक रुपमा उम्रिएका गाँजाका बोट फडानी गरी नष्ट गरेको छ ।

बढैयाताल गाउँपालिका–२ फुटाहा दशगजा स्थित कच्ची बाटोमा लागु औषधको कारोबार भईरहेको विषेश सुचनाको आधारमा आईतबार प्रहरीले दुई जनालाई लागु औषधसहित नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–१५ का मनसुख लाल थारु र अरबिन थारु रहेका छन् । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई खानतलासी गर्दा ३ वटा प्लाष्टिकको पुरियामा राखेको अवस्थामा ५ ग्राम १ सय ३० मिलिग्राम लागु औषध ब्राउन सुगर प्रहरीले बरामद गरेको छ ।

साथै दुवै जनाको साथबाट पल्सर मोटरसाइकल १ थान र मोबाईल २ थान बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक जीवराज थापा क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय