बर्दियामा ११३ जनामा भाइरस सक्रिय
बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित

बर्दिया, भदौ ८ (फरकसमाचार) / जिल्लामा अझैं कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ सय १३ रहेको छ । ६८ महिला र ४५ पुरुषमा भाइरस सक्रिय रहेको छ । बुधबार थप ४ जनामा संक्रमण पुष्टि भएको छ । १ महिला र ३ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सबै सक्रिय संक्रमित होम आईसोलेशनमा छन् ।

आठ वटै पालिका मध्ये सबै भन्दा बढी बाँसगढी नगरपालिकामा सक्रिय संक्रमित रहेका छन् । बाँसगढी नगरपालिकामा ६१ जनामा र बारबर्दिया नगरपालिकामा ४२ जनामा भाइरस सक्रिय रहेको छ । त्यसैगरी बढैयाताल गाउँपालिकामा ३, मधुवन नगरपालिकामा ३, राजापुर नगरपालिकामा २, गेरुवा गाउँपालिका र ठाकुरबाबा नगरपालिकामा १/१ जनामा भाइरस सक्रिय रहेको छ ।

हालसम्म स्वास्थ्य कार्यालयले ४ लाख १५ हजार ७४ जनालाई पहिलो खोप, ३ लाख ७९ हजार ५ सय ६२ जनालाई दोस्रो र १ लाख ८० हजार ३ सय ८३ जनालाई कोरोना विरुद्धको तेस्रो खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय