भदौ २९ / महाअभियोग सिफारिस" />
अनुसन्धानका लागि बहालवाला न्यायाधीशलाई समितिले बोलायो
बुधबार, भदौ २९, २०७९ मा प्रकाशित

काठमाडौं, भदौ २९ / महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बयानका क्रममा नाम आएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको छ ।

सिंहदरबारस्थित आज बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणाले बयानका क्रममा नाम लिएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।

“निलम्बित प्रधानन्यायाधीश राणासँग अनुसन्धानका लागि लिइएको बयानका क्रममा नाम जोडिएर आएका नाम सङ्कलन गरी बोलाउछौँ”–उनले भने, “बयानमा नाम जोडिएर आएका बहालवाला न्यायाधीश, पूर्व न्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्तालाई पत्राचार गर्ने निर्णय भएको छ ।”

समितिको अर्को बैठक बिहीबार बिहान ८:३० मा बस्ने छ । निलम्बित प्रधानन्यायाधीश राणासँग महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम मङ्गलबार सकिएको छ । समितिले यही भदौ ८ गते बयान लिने निर्णय गरी भदौ १६ गतेदेखि बयान लिन सुरु गरेको थियो भने हिजो पाचौँ दिन पहिलो चरणको बयान सकिएको थियो ।

राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गर्नुभएको थियोे । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे । राणाविरुद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारण समेत समेटिएको छ ।

समितिले निलम्बनमा पर्नुभएका प्रधानन्यायाधीशलाई प्रश्नहरू सोध्ने र राणाले प्रश्नको जवाफ दिने पहिलो चरणको क्रम सकिए पनि पूरक प्रश्न सोध्ने र बयानका क्रममा आएका व्यक्तिहरूसँग पुनः सवाल जवाफ गर्ने समितिको तयारी छ ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय