भुमिहिनको माग सम्बोधन नभए आन्दोलन गर्ने संगठनको चेतवानी
बुधबार, भदौ २९, २०७९ मा प्रकाशित

दलबहादुर सुनार / ज्ञानेन्द्रराज पोख्रेल

बर्दिया, भदौ २९ / भुमिहिन सुकुम्बासीको माग सम्बोधन नभए आन्दोलन गर्ने संगठनले चेतवानी दिएको छ । भुमिहिनको सवालमा बढैयाताल गाउँपालिका बेखर बनेको भन्दै संगठनले कडा चेतवानी दिएको हो ।

भुमि अधिकार तथा श्रमिक संगठन नेपाल बढैयातालले मंगलबार आयोजना गरेको कोण सभामा भुमिहिन सुकुम्बासीको सवालमा बढैयाताल गाउँपालिका बेखबर भएको संगठनको आरोप छ ।

भुमि प्राप्तिका लागि संघर्ष समिति बढैयातालकी संयोजक मन कुमारी थाारुको नेतृत्वमा आएका भुमिहिनहरुले मैनापोखर बजार परिक्रमा गरी कोण सभा पश्चात पालिका अध्यक्ष हिमालय त्रिपाठीलाई ६ बंदे माग सहितको ज्ञापन पत्र बुझाएको हुन् । पालिकाका अध्यक्ष तथा उपाध्यक्षले सुकुम्बासी तथा भुमिहिनका सवाललाई प्राथमिकतामा राखेर काम गरेमा दुई महिनामा समस्या समाधान हुन सक्छ तर पालिकाले चासो नराखेको उनिहरुको आरोप छ ।

भुमिहिन सुकुम्बासीको समस्या समाधान गर्ने अधिकार स्थानिय सरकारलाई भएको भन्दै संघर्ष समिति बढैयातालले बुझाएको माग पत्रमा पालिका तथा स्तरिय सुकुम्बासी सहजिकरण समिति गठन गर्नु पर्ने, गठन भएको भए सकृय गराउनु पर्ने, पालिका तथा वडा स्तरिय भुमि ब्यबस्थापन सहजिकरण समितिका पदाधिकारी चयन गर्दा भुमिहिन सुकुम्बासीको अनिवार्य प्रतिनिधित्व गराउनु पर्ने, प्रत्येक वडामा भुमिहीन, दलित सुकुम्बासी, भुमिहिन सुकुम्बासी र अब्यबस्थित बसोबासीको संकलन गरेको फारमलाई अनलाईन अभिलेखिकरण गरि सुचना प्रकाशित गर्न लगाई निस्सा वितरणका लागि परिचय पत्र गरिदिनु पर्ने, गाउँ पालिकाको ईकाइ शाखामा आवश्यक अनुसारको जनशक्ती पदपूर्ति गर्ने र आवश्यक प्रविधि सामाग्रीको ब्यबस्था मिलाउनु पर्ने, सुकुम्बासी समस्या समाधान गर्न मातहतका सम्बन्धि वडा र शाखाहरुलाई यथासिघ्र काम गर्न निर्देशन दिनु पर्ने, प्रकृया पुगेका वडाहरुमा नापी नक्साका लागि राष्ट्रिय भुमि आयोग जिल्ला समितिमा निर्णय गरिदिन सिफारिस गरिदिनु पर्ने माग भएको भुमिअधिकार तथा श्रमिक संगन नेपाल लुम्बिनी कमिटीका सचिब गुम बहादुर परियार र भुमि प्राप्तिका लागि संघर्ष समिति बढैयातालकी संयोज मनकुमारी थारु द्वारा हस्ताक्षरित माग पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय