लेनदेन मुद्दाका फरार कसुरदार पक्राउ
मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित

बर्दिया,कात्तिक २९ (फरकसमाचार) / लेनदेन मुद्दाका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–५ का छोटेलाल थारुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

जिल्ला अदालतको गत शुक्रबार लेनदेन मुद्दामा २ वर्ष कैद सजाय तोकेको थियो । अदालतले कैद सजाय फैसला गरे लगत्तै आइतबार प्रहरीले थारुलाई नियन्त्रणमा लिएको छ ।

लुकिछिपी आफ्नै घर वतनमा बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई अदालतमा उपस्थित गराई कैद सजाय भुक्तान गर्न कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर