प्रशासनको अत्यावश्यक सेवा बाहेक अन्य सेवा पाँच गतेसम्म बन्द रहने
बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित

बर्दिया, मंसिर ०१ (फरकसमाचार) / जिल्ला प्रशासन कार्यालयले दिने अत्यावश्यक सेवा बाहेक अन्य सेवा पाँच गतेसम्म बन्द रहनेछ । बुधबार जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती मार्फत अत्यावश्यक सेवा बाहेक अन्य सेवा पाँच गतेसम्म बन्द रहने जनाएको हो ।

मंसिर ६ गतेबाट प्रशासन कार्यालयले सेवा प्रवाह गर्नेछ । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा जिल्ला प्रशासनका कर्मचारी मतदान केन्द्रमा खटिएकोले प्रशासनको सेवा अवरुद्ध भएको छ ।

आज बिहीबार र भोली शुक्रबार प्रशासन कार्यालय बन्द रहने छ । त्यसैगरी ४ र ५ गते नेपाल सरकारले सार्वजनिक बिदा दिएकोले ६ गतेबाट प्रशासन कार्यालय खुल्ने र सेवा प्रवाह हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय