बर्दिया क्षेत्र नंम्बर १ मा अघिअघि ढकिया, पछिपछि रुख
मङ्गलबार, मङि्सर ०६, २०७९ मा प्रकाशित

बर्दिया, मंसिर ६ (फरकसमाचार)/ बर्दिया निर्वाचन क्षेत्र नंम्बर १ मा अघिअघि ढकिया र पछिपछि रुख रहेको छ ।

मंगलबार ११ बजेर ४० मिनेटसम्म मतगणनाको परिणामले अघिअघि नागरिक उन्मुक्ति पार्टी (ढकिया) र पछिपछि काँग्रेस (रुख) रहेको छ ।

९ सय १४ मतले नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्यका उम्मेदवार ठाकुर सिंह थारुले नेपाली काँग्रेसका संजय गौतमलाई पछि पार्दैअग्रता अग्रता लिएका छन् । ढकियाले ६ हजार ८ सय १३, रुखले ५ हजार ८ सय ९९ र एमालेका लक्ष्मणराज ज्ञवालीले ४ हजार ५ सय ४६ मत पाएका छन् ।

त्यसैगरी बर्दिया निर्वाचन क्षेत्र नंम्बर २ मा अघिअघि चापाकल पछिपछि गोलाकारभित्र हाँसिया हथौडा रहेको छ । मंगलबार बिहान ११ बजेर ४० मिनेटसम्मको मतपरिणामले अघि चापाकल र पछि गोलाकारभित्र हाँसिया हथौडा रहेको देखिन्छ । ५ हजार ५ सय ६५ मतले स्वतन्त्र उम्मेदवार लालबिर चौधरीले माओवादी केन्द्रका सुरेश पन्थलाई पछि पार्दै अग्रता लिएका छन् । चौधरीले १६ हजार ४ सय ५८, पन्थले १० हजार ८ सय ९३ र एमालेका पंकज सिंह राठौरले ६ हजार ५ सय ५५ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय