मंसिर २१ / काठमाडौँ सरकारक" />
चोलेन्द्रमाथिको महाभियोग जीवितै छ, आउने संसद्ले निर्णय गर्छ : सरकारका प्रवक्ता
बुधबार, मङि्सर २१, २०७९ मा प्रकाशित

काठमाडौं, मंसिर २१ / काठमाडौँ सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग कायमै रहेको बताएका छन् । संसद् सचिवालयका महासचिव भरत गौतमले जबरामाथिको महाभियोग निष्प्रभावी भएको भन्दै क्लिन चिट दिएपछि कानुन मन्त्रीको समेत जिम्मेवारी पाएका कार्कीले यस्तो बताएका हुन् ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले जबरामाथिको महाभियोग जीवितै रहेकाले अव बन्ने संसद्ले त्यसबारे निर्णय गर्ने बताए । ‘निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन अर्को प्रतिनिधि सभामा छलफलका लागि पठाइएको हो । त्यसैले त्यो विषय जीवितै छ’, मन्त्री कार्कीको भनाइ छ । उनले महाभियोग सार्वभौम संसद्को सम्पत्ति भएको समेत बताएका छन् ।

‘महाभियोग सार्वभौम संसद्को सम्पत्ति हो । यसबारे अव आउने प्रतिनिधि सभामा छलफल भएर निर्णयमा पुर्‍याउँछ’, कार्कीले प्रस्ट पारे ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय