फरार अभियुक्त ५९ जना पक्राउँः अठतिस लाख जरिवाना, ९० वर्ष कैद भुक्तान असुली
आइतबार, माघ ०८, २०७९ मा प्रकाशित

बर्दिया,माघ ८/ प्रहरीले फरार आरोपि अभियुक्त पक्राउँ अभियानलाई तीब्र पारेको छ । गत साउँन १ देखिको रेर्कडमा प्रहरीले ५९ जना फरार अभियुक्तलाई पक्राउँ गरेको देखिन्छ । ५९ जना मध्य पुरुष ५३ जना र महिला ६ जना छन् । प्रहरीले पक्राउ गरेका अभियुक्तको दुई दिन कैद देखि ३० बर्ष कैद सम्म अदालतले तोकेको छ । अदालतमा बुझाएका फरार अभियुक्तको जरिवाना कममा ५० रुपैयाँ र बढिमा १२ लाख सम्म छ । प्रहरीको प्रगति प्रतिवेदनको रेर्कडमा बर्दिया प्रहरी फरार अभियुक्त पक्राउ गर्ने अभियान रेर्कड राख्न सफल देखिन्छ । गत बर्ष ६६ जना फरार पक्राउँ गरेको प्रहरीले तीन महिनामा ५७ जना पक्राउँ गरेर कार्य सम्पादनमा बर्दिया प्रहरी अब्बल मानिएको छ ।

५३ जना पक्राउँ गरेको प्रहरीले बुधवार ६ जनालाई नियन्त्रण लिन सफल भयो । जिल्ला भित्रका बिभिन्न स्थानबाट नियन्त्रण लिएर फरार अभियुक्तलाई अदालत बुझाएको हो । नेपाल भारतको खुला सीमा नाका प्रयोग गरी भारत तर्फ आश्रय स्थल बनाएका फरार अभियुक्त प्रहरी चंगुल फस्ने गरेको पाईएको छ । अदालत सजाय तोकेका फरार अभियुक्त खुला सीमाको फाईदा उठाएर भारत तर्फ आश्रय स्थल बनाउँदा फरार नियन्त्रणमा लिन सहज छैन । बर्दिया प्रहरीले रणनितिक योजना अख्तियार गरेसँगै अपराधिक कृयाकलाप विरुद्धमा प्रहरी सफलता पाईरहेको छ ।

सात बर्ष अघि खुकुरी प्रहार गरी हत्या आरोपका अभियुक्त अदालत सौचालयबाट फरार भएका अजिब बुढालाइ प्रहरीले पक्राउ गर्न सक्दा प्रहरी प्रतिको बिश्वास बढदै गएको पाईएको छ । बुढाले अदालतको सौचालय तोडफोड गरेर फरार भएको सात बर्ष पछि प्रहरीले संयन्त्र प्रयोग गरी पुनःनियन्त्रणमा लिएर अदालत बुझाएको छ । अदालतबाट फरार भएका अभियुक्त बुढाका कारण तत्कालिन एसपिको सरुवा भएको थियो । फैसला कार्यान्वयनमा प्राथामिकता दिएकाले प्रहरी सफल भईरहेको एसपि बिरेन्द्र बहादुर शाही बताए । ‘अदालतबाट फैसला भएका अभियुक्त पक्राउँ गर्न प्रहरी लागि परेको छ’उनले भने,‘प्रहरीले अख्तियार गरेको योजना सहितको संयन्त्रले सफलता पाईरहेको छ ।’

सीमामा उच्च संयन्त्रको प्रयोगले अपराधिक गतिबिधि नियन्त्रण भईरहेको उनले दाबी गरे । उनका अनुसार नेपाल भारतको खुला सीमा हुने गतिबिधिमा राजश्व चुहावट, मानव वेचबिखन, नेपालमा अपराध गरेर भारत पस्ने र भारतबाट अपराध गरेर नेपालमा आश्रय स्थल बनाउँने बिरुद्धमा प्रहरीले अभियान चलाएको छ । सान्ती सुरक्षाको दृष्टिकोणले संबेदनशिल मानिएका स्थान पहिचान गरेर तीन किसिमको गस्ती गरिरहेको छ । सादा पोशाक, एम्बुस गस्ती र स्वपिङ अप्रेशनले जिल्लाको शान्ती सुरक्षा चुस्त रहेको एसपि शाहीले दाबी गरे । एम्बुस गस्ती भन्नाले सप्राईज प्रहरी जाँच भएको बुभिन्छ भने स्वीपिङ भन्नाले कुचो लगाएर बडारेजस्तै गरी प्रहरीले गस्ती गर्छन । प्रहरी भित्रको सामुहिक प्रयासले भईरहेको सफलता सह्रानिय काम भईरहेको उनी बताउँछन् । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय