महिलाहरूलाई महिनावारी कप वितरण
बिहिबार, माघ १२, २०७९ मा प्रकाशित

दीपकलाल श्रेष्ठ

बर्दिया, माघ १२ / गुलरिया नगरपालिका भित्रका महिलाहरुलाई निःशुल्कमा महिनावारी कप बितरण गरिएको छ । ग्रामीण महिला उत्थान केन्द्र दाङले बुधबार गुलरिया नगरपालिका अन्तर्गतका महिलाहरुलाई महिनावारी कप वितरण गरेको हो ।

सिपि नेपालसंगको समन्वय तथा ग्रामीण महिला उत्थान केन्द्र दाङले प्रर्बद्धन गरेको आत्मनिर्भर लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय बर्दियासंगको सहकार्यमा गुलरियाका महिलाहरुलाई एक कार्यक्रम मार्फत कप वितरण गरेको छ ।

२०५१ सालमा स्थापना भएको यस संस्थाले आत्मनिर्भर र शसक्त समाजको सिर्जना गर्ने परिकल्पनाका साथ समुदायस्तरमा अल्पसंख्यक, बिपन्न, सिमान्तकृत तथा पछाडी पारिएका समुदायलाई आर्थिक तथा सामाजिक रुपमा सबल तथा सशक्त गराउने हिसाबले समुदाय केन्द्रित बिभिन्न कार्यक्रमहरु गर्दै गरेको संस्थाका सुचना अधिकारी पार्वती बस्नेतले बताईन् । महिलाहरूलाई महिनावारी कपका बारेमा जानकारीसमेत गराईएको बस्नेतले जानकारी दिईन् ।

ग्रामीण महिला उत्थान केन्द्र दाङका संस्थापक अध्यक्ष आसमानी चौधरीको सभाअध्यक्षता र कर्मठ सामाजिक उधमी महिला सहकारी संस्था लिमिटेडका अध्यक्ष देबिमाया थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा प्रजनन स्थास्थ्य सम्बन्धी सचेतनाका साथै महिलाहरुलाई आत्मनिर्भर तथा शसक्तीकरण गर्नका लागी आय आर्जनका सवालमासमेत अभिमुखीकरण गरिएको छ । कार्यक्रममा उपस्थित रहेका ४८ जना महिलाहरुलाई निशुल्कमा महिनावारी कप वितरण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय