बर्दिया स्कुल कप २०७९ क्रिकेटको उपाधी लिटिल हेभन स्कुललाई
आइतबार, माघ १५, २०७९ मा प्रकाशित

दीपकलाल श्रेष्ठ

बर्दिया, माघ १५ / माघ ६ गते देखि बर्दिया क्रिकेट एकेडेमी र नेपाल क्रिकेट संघ बर्दियाको सयुक्त आयोजनामा संचालित बर्दिया स्कुल कप २०७९ क्रिकेटको उपाधी लिटिल हेभन स्कुलले प्राप्त गरेको छ ।

शनिवार गुलरियाको कबर्ड हल खेलकुद मैदानमा भएको फाइनल खेलमा लिटिल हेभन स्कुल गुलरियाले बंगलामुखी स्कुल गुलरियालाई ८ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिले बलिङ रोजेको लिटिल हेभन स्कुलले अनोज सिंह ठकुरी र पीयूष प्रजापतिले घातक बलिङ गर्दै समान ३÷३ विकेट लिएर बंगलामुखी स्कुललाइ १५.५ ओभरमा ६५ रन मै अल आउट गर्न सफल भएको थियोे । बंगलामुखी स्कुलमा लागि अर्पण पौडेलले एक मात्र दोहोरो अंक २६ बलमा १२ रन बनाएका थिए ।
६६ रनको लक्ष्य लिएर आएको लिटिल हेभन स्कुलले क्षितिज थापामगरको बिष्पोटक ब्याटिङ गर्दै १२ बलमा ७ चौकाको मद्दतले ३६ रन बनाउदै ६ ओभरमा ६६ रनको लक्ष्य पूरा गर्दै लिटिल हेभन विजयी भएको हो ।

फाइनलका कसिलो बलिङ गर्दै बंगलामुखी स्कुलको ३ विकेट लिएका लिटिल हेभनका पीयूष प्रजापति म्यान अफ द म्याच पाएका छन् । म्यान अफ द सिरिज लिटिल हेभन कै क्षितिज सिंह ठकुरी भएका छन् । इमेर्जिङ प्लेयरमा रजनिश यादव भएका छन् भने बेस्ट ब्याट्सम्यान शौगात खत्री र बेस्ट बलरमा हरशिल जंग शाहिले प्राप्त गरेका छन् । प्रतियोगितामा जिल्ला भरिका ६ वटा विद्यालयहरुको सहभागीता रहेको थियो ।

प्रतियोगिताको फाइनलमा प्रथम हुने लिटिल हेभनले २० हजार ५ सय प्राप्त गरेको छ भने दोस्रो भएको बंगलामुखी स्कुलले १० हजार ५ सय प्राप्त गरेको प्रतियोगिता आयोजनाका प्रमुख एवं बर्दिया क्रिकेट एकेडेमीका संचालक सिद्धार्थ श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय