बर्दिया अस्पतालमा पेनप्लस परियोजनाको उद्घाटन
बुधबार, माघ १८, २०७९ मा प्रकाशित

बर्दिया, माघ १८ (फरकसमाचार) / बर्दिया अस्पतालमा पेनप्लस परियोजनाको उद्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मंगलबार पेनप्लस परियोजनाको समुद्घाटन गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको साझेदारीमा अस्पतालमा पेनप्लस परियोजना संचालनमा आएको छ । परियोजनाले विषेशगरी चार वटा रोग मुटु, सुगर, दम र क्यान्सरको निशुल्कमा उपचार गर्ने र नसर्ने रोगबाट हुने मृत्युदरलाई कम गर्ने उदेश्यले संचालनमा आएको छ । यस परियोजाले यी चार रोगबारे समुदाय स्तरमा व्यापक रुपमा जनचेतना फैलाउनेछ ।

यो परियोजना ७७ वटै जिल्लामा संचालन हुन्छ । तर, बर्दियामा परियोजना पहिलो पटक उद्घाटन भएको जनाईएको छ । अस्पतालको टिमले राम्रोसंग संचालन गरेर अन्य जिल्लाको लागि परियोजना नमुना बन्ने परियोजना समुद्घाटन कार्यक्रममा अधिकांश वक्ताहरुले विश्वास व्यक्त गरेका थिए । परियोजनाको अवधि तीन वर्षको हुनेछ ।

परियोजना समुद्घाटन कार्यक्रमका सहभागीलाई स्वागत गर्दै अस्पतालको वस्तुस्थिती बारे वरिष्ठ मेसु डा.सुभाष पाण्डेयले जानकारी गराएका थिए । पेनप्लस परियोजनालाई प्रभावकारी रुपमा अघि बढाउने मेसु पाण्डेयले प्रतिबद्धतासमेत जनाएका थिए ।

प्राथमिकत तहबाट केन्द्रमा जानु भन्दा धेरै कुराको समाधान गर्न ज्ञान पुरा गर्ने उदेश्यले परियोजना आएको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष तथा मुटु रोग विशेषज्ञ डा.भगवान कोइरालाले बताए । परियोजनाले ट्रेनिङमा केन्द्रित भएर यहिको जनशक्तिलाई ट्रेनगरि समस्याको मुलभुत रुपमा निराकरण गर्ने वा उपचारमा कही पठाउनु परे पठाउने काम आजै देखि शुरु भएको अध्यक्ष कोइरालाले जनाए ।

‘म लक्की छु’ अध्यक्ष कोइरालाले भने,‘परियोजना शुरुवातको दिनमा आफैले पेनले नभ्याउने मुटु रोगको बिरामीलाई चेकजाँच गरि केन्द्रमा पठाएको छु ।’ यस क्षेत्रका बिरामीको स्वास्थ्य स्थितीको तथ्यांक राख्ने, आएको बिरामीको उपचार कसरी हुन्छ, कति जनाको ज्यान जोगाईयो र कति जनाको स्वास्थ्य गुणस्तरमा सुधार ल्याईयो भन्ने कुरा देखाएपछि मात्र यो परियोजनाको महत्व देखिने छ र परियोजना मार्फत नतिजा दिएर प्रमाणित गर्ने अध्यक्ष कोइरालाले दाबी गरे ।

पेनप्लस परियोजना उद्घाटन कार्यक्रममा संघिय सांसद संजय कुमार गौतम, प्रदेश सांसद मालती सोडारी, राजकुमार चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेललगायत हेब्बीवेटका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय