दुई वटा भाले चित्तल मृत अवस्थामा फेला
शुक्रबार, माघ २०, २०७९ मा प्रकाशित

बर्दिया, माघ २० (फरकसमाचार)/ दुई वटा भाले चित्तल मृत अवस्थामा फेला परेका छन् । मधुवन नगरपालिका–२ बंगालीपुर औराही खोला नजिक खेतबारीको किनारमा दुई वटा भाले चित्तल बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

ललै सामुदायिक वन अन्तर्गत दुई भाले चित्तल मृत अवस्थामा फेला परेको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङले बताए । ‘अन्नबाली खान वनबाट चित्तल बस्ती तर्फ आएको देखिन्छ’ अध्यक्ष गुरुङले भने,‘अन्नबाली खाएर फर्किने क्रममा चित्तल मरेको देखिन्छ ।’ घटनाको प्रकृतिलाई नियाल्दा चित्तल मेसवायरमा अल्झेर वा एकआपसमा सिंङ अल्झेर मरेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ । मृत अवस्थामा भेटिएका चित्तलको शरीरमा कुनै किसिमको चोट पटक नदेखिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

मृत अवस्थामा भेटिएका दुई भाले चित्तल सवडिभिजन वन कार्यालयको हाताभित्र गाँडिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी द्रोणराज शर्माले बताए । स्थानीय जनप्रतिनिधिको रोबरमा घटना विवरण तयार गरि मृत अवस्थामा भेटिएका चित्तल गाँडिएको छ । ‘घटनाको प्रकृति अनुसार चित्तल आपसमा जुधेर वा मेसवायरमा ठोकिएर मरेको देखिन्छ’ सुचना अधिकारी शर्माले भने, ‘तर पनि थप अनुसन्धान भईरहेको छ ।’ चित्तल कायार प्रकृति हुन्छन् । धपाउन खोज्दा बेस्सारी भाग्छन् । बस्ती तर्फ अन्नबाली खान आएका चित्तललाई धपाउँदा भागेर मेसवायरमा ठोकिएर मरेको हुन सक्छ ।

त्यस्तै खानको लागि एकआपसमा लडाई गरेर पनि मरेको हुन सक्ने अनुमान छ । किन भने चित्तल मृत अवस्थामा भेटिएका स्थानमा चित्तलको सिंङ पनि फेला परेको छ । लडाई गर्दा बलियो चित्तलको सिंङ भाँचिएर निस्केर गएको र कमजोरवाला मरेको अनुमान रहेको सुचना अधिकारी शर्माले जानकारी दिए । तर मृत अवस्थामा फेला परेको चित्तलको शरीरमा चोट पटक नदेखिदा बिस प्रयोग भएको स्थानीयको आशंका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय