फरार दुई कसुरदार पक्राउ
शुक्रबार, फागुन ०५, २०७९ मा प्रकाशित

बर्दिया, फागुन ५ (फरकसमाचार) / विभिन्न मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी र लागु औषध मुद्दाका फरार कसुरदारलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा मधुवन नगरपालिका–५ का विकाश नेपाली र गेरुवा गाउँपालिका–५ का हिक्मत शाही रहेका छन् ।

जिल्ला अदालतले ०७३ साल असार १२ गते जबरजस्ती करणी उद्योगमा नेपालीलाई ४ वर्ष ११ महिना १३ दिन कैद सजाय तोकेको थियो । त्यसैगरी अदालतले ०७८ साल फागुन २७ गते लागु औषध मुद्दामा शाहीलाई १ महिना १५ दिन कैद सजाय र रु २ हजार जरिवाना तोकेको थियो ।

अदालतले सजाय तोके देखि दुवै जना फरार रहेका थिए । ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले नेपालीलाई र ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरी टोलीले शाहीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई कैद सजाय भुक्तान गराउन अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय