राष्ट्रपति चुनावमा भोट माग्दै सुवास नेम्बाङ पुगे रास्वपा कार्यालय
बिहिबार, फागुन १८, २०७९ मा प्रकाशित

काठमाडौं, फागुन १८ / राष्ट्रपति चुनावमा भोट माग्न सुवास नेम्बाङ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यालयमा पुगेका छन् । नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका उनी पार्टीका केही नेतासहित बसुन्धरामा रहेको रास्वपाको कार्यालयमा पुगेका हुन् ।

उनले राष्ट्रपति चुनावमा मत दिएर सहयोग गर्न आग्रह गरेका रास्वपाका एक नेताले बताए । राष्ट्रपति चयनका लागि २५ गते मतदान हुने छ । एमालेबाट नेम्बाङ र नेपाली कांग्रेससहितको ८ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन् ।

राष्ट्रपतिमा कसलाई सहयोग गर्ने भनेर रास्वपाले अहिलेसम्म आधिकारिक निर्णय गरेको छैन् । यसअघि नेम्बाङसहित एमालेका नेताहरुले नेकपा एकीकृत समाजवादीको कार्यालयमा गएर मत मागेका थिए ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय