वित्तिय सेवालाई प्रभावकारी बनाउन साक्षरता कार्यक्रम संचालन
शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित

बर्दिया, फागुन १९ (फरकसमाचार) / सेवालाई प्रभावकारी बनाउन साधना लघुवित्त वित्तिय संस्था लिमिटेडले गोष्ठी तथा साक्षरता कार्यक्रम संचालन गरेको छ । संस्थासंग जोडिएका सदस्यहरुलाई विश्वास दिलाई लामो समयसम्म टिकाउनको लागि प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम संचानलन गरिएको हो । केन्द्रीय कार्यालय हरमटारी गोरखा रहेको वित्तिय संस्थाको मधुवन नगरपालिका र गुलरिया नगरपालिका–११ गणेशपुरमा शाखा रहेको छ ।

शुक्रबार गुलरिया नगरपालिका–११ गणेशपुरमा वित्तिय साक्षरता कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाको ९३ वटा शाखामा सेवाको बारेमा व्यापक जानकारी दिने उदेश्यले गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम संचालन गरिएको साधना लघुवित्त संस्थाका कार्यकारी प्रमुख रेशम न्यौपानेले बताए । ‘संस्थाले ऋण लगानी गर्ने र व्याज लिने बाहेक सामाजिक कार्य पनि गरिरहेको छ’ प्रमुख न्यौपानेले भने,‘संस्थाका सदस्य बिरामी भएर अस्पताल भर्ना भएपछि रु पाँच हजार उपलब्ध गराउने गर्छ ।’ त्यसैगरी सदस्यलाई दुई वटा सन्तानसम्म सुत्केरीको अवस्थामा संस्थाका प्रतिनिधि भेट्न जाँदा दुई हजार दिने व्यवस्था रहेको सुनाए । संस्थाबाट ऋण लिएको सदस्यको निधन भए ऋण मिनाह हुन्छ । त्यसैगरी ऋण लिएको सदस्यको कमाउने मुख्य व्यक्तिको अकास्मत निधन भए सदस्य स्वरुप ऋण मिनाह हुने व्यवस्था छ ।

पछिल्लो समयमा केही मानिसहरु वित्तिय संस्थाबाट ऋण लिएर विभिन्न बहानामा ऋण नतिर्ने उदेश्यले संघर्षमा उत्रिएको प्रमुख कार्यकारी न्यौपानेले बताए । ‘केही व्यक्तिहरु बित्तिय संस्थालाई बदनाम गर्न लागिपरेका छन्’ कार्यकारी न्यौपानेले भने,‘वित्तिय संस्थाले गर्दा आज म यो ठाउँमा छु, बिर्सेर अरुको लहलहैमा दिदीबहिनीहरु लागेका छन् ।’ तर, हामी जिम्मेवार संस्थाको नाताले सघर्षमा लागेका सबै दिदीबहिनीलाई सम्मान गर्छौं । वित्तिय संस्थाले लगाएको गुन सम्झेर एक दिन बिराएको बाटो फर्किने न्यौपानेले विश्वास व्यक्त गरे । पछिल्लो समयमा देखा परेको समस्याको समाधान गर्न नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयले निर्देशन दिएको छ । एक जना एउटै संस्थामा बसेर कारोबार गर्न बाध्य बनाएको छ ।

अब पहिला जस्तै चार पाँच वटा संस्थामा बसेर कारोबार गर्न पाईदैन । जसरी संस्थाले तपाईहरुमाथि विश्वास गरेको छ, त्यसैगरी तपाईहरुले पनि संस्थामाथि अनुशासन देखाउन जरुरी छ । यस अवस्थामा वित्तिय संस्थालाई पनि जिम्मेवारी थपेको जनाए । पहिला धेरै सदस्य भएकाले एउटै सदस्य धेरै संस्थामा भएकोले सिपविकासका तालिम र वित्तिय साक्षरता बनाउन सकिएको थिएन । यसलाई मध्यनजर गरी अब दुवै पक्ष जिम्मेवार भई सहज र सरल रुपमा अगामी दिनमासंगै सहकार्य गर्ने उनले प्रमुख कार्यकारी न्यौपानेले जनाए ।

विभिन्न किसिमको अश्वासन देखाएर नकारात्मक अफवाह फैलाएर महिला दिदीबहिनीहरुलाई भाँड्ने काम भईरहेको साधना वित्तिय संस्थाकी सहायक महाप्रबन्धक सरिता ढकालले बताईन् । ‘नीतिमा लगानीको प्रोसेस, संस्थाले कर्जा कहाँबाट लिने, कहिले तिर्ने र तिरिएन भने कस्ता कानुनी कारवाही भोग्नुपर्ने हुन्छ’ ढकालले भनिन्,‘त्यसैले ऋण मिनाह हुने अफवाह मात्र हो,त्यसको पछि नलाग्न आग्रह छ ।’

गणेशपुर शाखाले विगत एक वर्ष देखि सेवा दिदै आएको शाखाकी प्रबन्धक दुर्गा गिरी केसीले बताईन् । यस शाखामा ३ सय ५० जना सदस्य रहेको उनले जानकारी दिईन् ।

वित्तिय साक्षरता कार्यक्रममा धारणा राख्दै वित्तिय संस्थाले ऋणमा व्याज कम गर्नुपर्ने गुलरिया नगरपालिका–११ का वडा अध्यक्ष विष्णु यादव र समाजसेवी मोहम्मदकर खाँले जोड दिएका थिए । वित्तिय साक्षरता कार्यक्रममा साधना वित्तिय संस्थाका संचालक टेकनाथ ढकाल, समाजसेवीलगायत सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय