आरोपित दुई वटै वडा अध्यक्ष रिहा
आइतबार, फागुन २१, २०७९ मा प्रकाशित

बर्दिया, फागुन २१ / प्रहरीले पक्राउँ गरी कारबाहीका लागि अदालत बुझाएको दुई वटा अध्यक्ष रिहा भएका छन् । एक जना वडा अध्यक्षले सफाई पाईसकेका छन् भने एक जनालाई अदालतले धरौटीमा रिहा गरेको छ । जबरजस्ती करणी अभियोग पुर्पक्षका लागि थुनामा बसेका बढैयाताल गाउँपालिका– ३ का वडा अध्यक्ष लल्लन यादवले सफाई पाए भने बाँसगढी नगरपालिका –८ तुल प्रसाद गौतम धरौटिमा रिहा भएका छन् । अदालतले तीन लाख धरौटी रकम लिएर गौतमलाई रिहा गरेको सम्बद्ध कानुन व्यवसायी कमल पाण्डेले जानकारी दिए ।

गौतमलाई बलात्कारको प्रयास गरेको अभियोगमा अदालतिय प्रक्रिया सुरु भएको थियो । २९ बर्षिय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउँ गरेका यादवलाई प्रहरीले आवश्यक कारबाहीका लागि अदालत बुझाएको थियो । कानुन व्यवसायीका अनुसार राजी वा सहमतिमा यौन जन्य क्रियाकलाप भएको अदालतमा पिडित पक्षले बयान दिएकाले सफाई मुख्य कारण भएको बुझिएको छ । ‘जबरजस्ती करणीमा अभियोग लागेको थियो’ ति वकिलले भने, ‘यादवसँग ति उमेर पुगेकि महिलाले सहमतिमा यौन जन्य क्रियाकलाप भएको बयान दिएकाले वडा अध्यक्ष यादवले सफाई पाएका हुन् ।’ अदालतबाट सफाई पाएका यादव कार्यभार सम्हालिसकेको बढैयाताल गाउँपालिका एक कर्मचारीले बताए ।

यस्तै गरी जबरजस्ती करणी उद्योगमा उजुरी परेको बाँसगढी नगरपालिका– ८ का तुल प्रसाद गौतमलाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान गरेर अदालत बुझाएपछि धरौटीमा रिहा गरेको हो । बाँसगढी नगरपालिका–८ का वडा अध्यक्ष गौतमको मुद्दालाई अधिवक्ता कमल पाण्डेले पैरवि गरिरहेका छन् । यादवको मुद्दा कानुन व्यबसायी विर बहादुर रोकाय र संजिब कर्णले बहस गरेका थिए । अदालतमा उद्योग र जजकका मुद्दामा सम्मानित पेशाकर्मी उजुरी परिरहेको छ । यसअघि जिल्ला शिक्षा कार्यालयलाई प्रमुख, शिक्षक र जनप्रतिनिध लगायतलाई यस्ता किसिमका मुद्दामा उजुरी परिसकेको छ । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय