गठबन्धनले रोक्यो प्रदेश र संघका सांसदहरुको संयुक्त अभिमुखीकरण
आइतबार, फागुन २१, २०७९ मा प्रकाशित

काठमाडौं, फागुन २१ /आठ दलीय गठबन्धनले फागुन २४ मा राखेको सांसदहरुको भेला स्थगित गरेको छ । निर्वाचन आयोगले लागू गरेको आचारसंहिताका कारण सांसदहरुको भेला रोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

संघीय र प्रदेश सांसदको संयुक्त भेला राष्ट्रपतिको निर्वाचनको अघिल्लो दिन आठ दलले बोलाएका थिए । आचार संहिता १७ फागुन देखि ५ चैतसम्म लागु हुने निर्वाचन आयोगले जनाएको छ । आठ दलीय कार्यदलले गरेको निर्णय अनुसार संघीय प्रदेशका सांसदको छुट्टाछुट्टै अभिमुखिकरण गरिसकेको छ । बिहीबार संघीय सांसद र शुक्रबार प्रदेश सांसदलाई  शीर्ष तहका नेताहरुले अभिमुखीकरण गरेका छन् ।

पुरानो गठबन्धन व्युँताउनु पर्नुको कारण र राष्ट्रपतिमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिनका लागि आफ्ना सांसदहरुलाई अभिमुखीकरण गरिएको थियो ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय