मापसे गरेका २७ जनालाई प्रहरीले ग¥यो कारवाही
बिहिबार, फागुन २५, २०७९ मा प्रकाशित

बर्दिया, फागुन २५ (फरकसमाचार) / होली पर्वमा मादक पदार्थ सेवन गरि सवारी साधन चलाएका २७ जनालाई प्रहरीले पक्राउ गरि कारवाही गरेको छ । मापसे गरि मोटरसाईकल चलाएका २७ जनालाई मंगलबार प्रहरीले कारवाही गरेको हो ।

होली पर्वलाई मर्यादित र कुनै किसिमको घटना घट्न नदिन व्यापक रुपमा प्रहरी परिचालन भएको थियो । होली पर्वको दिन १ सय ४ वटा मोटरसाईकलसहित २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी डिएसपी हिक्मत बहादुर बोहराले बताए ।

‘मापसे गरि ट्राफिक नियम उल्लघंन गरेकालाई प्रहरीले नियन्त्रणमा लिएको थियो’ डिएसपी बोहराले भने, ‘उनीहरुलाई ट्राफिक प्रहरीले जरिवाना तिराएर छोडेको छ ।’ होली मिलनका कार्यक्रम विभिन्न स्थानमा भए पनि पर्वलाई मध्यनजर गरि जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएकोले कुनै दुखद घटना नघटेको डिएसपी बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय