दुर्घटनापछि फरार रहेका टिप्पर चालक प्रहरीको नियन्त्रणमा
सोमबार, फागुन २९, २०७९ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, फागुन २९ (फरकसमाचार) / दुर्घटनापछि फरार रहेका टिप्पर चालकलाई प्रहरीले नियन्त्रण्मा लिएको छ । बाँकेका ४१ वर्षिय प्रेम थारुलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।

बाँसगढी नगरपालिका–५ केदारेश्वरधाम नजिक राजमार्गमा आइतबार राति टिप्परले मोटरसाईकललाई ठक्कर दिएको थियो । पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको भे ६ प ९०१५ नंम्बरको मोटरसाईकललाई टिप्परले ठक्कर दिई फरार भएको थियो । मोटरसाईकल चलाएका बाँके कोहलपुर नगरपालिका–१ का केशब धितालको टाउकोमा चोट लागी गम्भिर घाईते भएका थिए ।

शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा धितालको सोमबार बिहान मृत्यु भएको हो । फरार सवारी साधन र चालकको खोजीमा व्यापक रुपमा प्रहरी परिचालित भएका थिए । प्रहरीले खोजतलासको क्रममा सोमबार बिहान ११ बजे ठक्कर दिई फरार रहेको सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले टिप्पर चालक थारु र लुअअफा ९७८६ नंम्बरको टिप्पर नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका एसपी सुधिर राज शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय