शान्ति, सुरक्षा र अपराध नियन्त्रण पहिलो प्राथमिकताः प्रजिअ रिसाल
मङ्गलबार, फागुन ३०, २०७९ मा प्रकाशित

बर्दिया, फागुन ३० (फरकसमाचार) / भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले शान्ति, सुरक्षा र अपराध नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । बिहीबार प्रजिअको जिम्मेवारी सम्हालेका रिसालले सोमबार पत्रकारहरुसंगको भेटघाटमा यस्तो बताएका हुन् । पत्रकारहरुसंग सुझाव संकलन गर्दै सीमा अपराध, मानव वेचविखन, अबैध ओसार पसार र शान्ती सुरक्षालाई पहिलो प्राथामिकता दिने कुरामा जोड दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले दिने सेवालाई प्रभावकारी बनाउने प्रजिअ रिसालले बताए । ‘जिल्ला स्थित अन्य सरकारी कार्यालयले दिने सेवा प्रभावकारी बनाउन प्रशासनको पुरै टिम लाग्नेछ’ प्रजिअ रिसालले भने,‘सरकारी कार्यालयमा कर्मचारी समयमा आएको, पोशाक लगाउने, सेवा दिएको र अचरण जस्ता कुराको नियमित अनुगमन गर्नेछौं ।’ त्यसैगरी विकास निर्माणका क्रममा रोकिएका कामलाई गतिशिल बनाउन समन्वय गर्ने प्रजिअ रिसालले सुनाए ।

८३ किलोमिटर नेपाल भारतको सीमा र जोडिएका दर्जनौ गाउँ भएकाले शान्ती सुरक्षा र चोरी पैठारीको कुरामा सीमा क्षेत्रमा संवेदनशिल हुनु पर्ने औल्याउँदै त्यस तर्फ सुरक्षाको ध्यान जान जरुरी रहेको पत्रकारले सुझाव दिए ।

प्रजिअसंग पत्रकार भेटघाटनमा पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यम घिमिरे, पत्रकार कमल पन्थी, होमेन्द्र थापा, संजय आचार्य, बालकृष्ण ओली, दिपकलाल श्रेष्ठलगायतले जिल्लाको समसमायिसक विषयमा सुझाव दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय