देशभरिका बाघ बिज्ञ ठाकुरद्वारामा दुई दिन व्यस्त
आइतबार, चैत १२, २०७९ मा प्रकाशित

बर्दिया, चैत १२ / राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक महेश्वर ढकालले उद्घाटन सत्रमा प्रतिप्रश्न गर्दै भने ‘बाघ बढेका छन्, तर व्यबस्थापनमा चुकेका छौ कि ?,’ कार्यक्रममा निकुञ्ज विभागका प्रमुख ढकालले बाघ संरक्षणका लागि गरिने व्यबस्थापनमा भईरहेको कमजोरी फोरममा औल्याउँदा ठाकुरद्धारामा जारी दुई दिने राष्ट्रिय बाघ सम्मेलनमा बाघ विज्ञले खुलेर छलफललाई मन्थन गर्नेमा आयोजक बिश्वस्त देखिन्छ ।
पछिल्लो समय बाघ गणना आधुनिक प्रबिधि क्यामरा ट्रापिङ चलन चल्तीमा छ । बाघ गणना गर्दा बिभिन्न ठाउँमा क्यामरामा कैद भएका तस्वीर गणना गरेर बाघको संख्या एकिन गरिन्छ ।

बाघ गणनाको क्रममा कुनै कुनै (ग्रिड) क्यामरामा धेरै बाघको तस्वीर कैद हुने गर्छ । बाघ गणनाको क्रममा क्यामरा ट्रापिङ प्रबिधिमा कैद हुने फरक फरक बाघको प्रसंगमा ढकालले भने ‘ त्यस्ता ग्रिडमा देखिएका धेरै बाघ बस्ने ठाउँमा आहारा प्रजाति बारेमा समेत बिशेष ध्यान पुराउँन पर्ने देखिन्छ, यदि आहाराको व्यबस्थापन भएन भने मानव वस्ती तर्फ बाघ जान सक्छ ।’ उनको भनाईमा धेरै बाघ देखिएको ठाउँमा चनाखो भएर व्यबस्थापनमा तदारुकता देखाउँन जरुरी छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र खाता करिडोरमा चार बर्षमा १८ जनाको ज्यान गएको रेर्कडमा देखिन्छ । बाघको आक्रमणमा ज्यान जाने अधिकांश निउरो टिप्न, च्याउँ खोज्न र दाउरा बटुल्न जानेको संख्या अधिक छ । अर्को प्रसंगमा प्रमुख ढकालले व्यबहारिक कानुन बारेमा समेत बहस गर्न पर्ने खुलाए । तीन तहको सरकार जिम्मेवारीमा दुर्लभ वन्यजन्तुको संरक्षण छ । सरकारले संरक्षणमा बिनियोजन गर्ने बजेटमा सामानुपाति वितरण काफी छैन । संरक्षणका पकेट क्षेत्रमा बिशेष बजेट बिनियोजन जरुरी देखिन्छ । यस्तै बिभिन्न अन्तराष्ट्रिय संघ संस्था र सरकारबाट विनियोजन हुने बजेट एकद्धार प्रणालीमा नभएको बिषयले समेत सम्मेलनमा प्रबेश पाएको छ ।

बाघ र वन्यजन्तु द्धन्द्ध व्यबस्थापन समस्या देखा परेको समेत उनले खुलाए । सिमित स्रोत साधन विचको संरक्षण कठिन यात्रा तय गर्न मुश्किल भईरहेको छ । ‘जति भएपनि संरक्षणका लागि बजेट कम छ’ प्रमुख ढकालले भने,‘बाबुसँग पैसा माग्दा भनेको जति पाईदैन, तर जति पाईन्छ त्यति लिएर परिणाम मुखी काम गर्न प¥र्यो,संरक्षणमा सिमित स्रोत साधन विच काम गर्न पर्ने हाम्रो बाध्यता हो ।’

चार बर्षको अन्तरालमा बर्दियामा सार्वजनिक भएको बाघ एकै पटक ८७ बाट १ सय २५ पुगेको छ । जसरी बाघ बढेको छ । त्यसैगरी मानविय क्षति बढिरहेको छ । वाघ संरक्षणका लागि सरकार सफल भएपनि मानविय क्षति रोक्न नसक्दा सरकार आलोचित बनेको छ । यस्तै प्राथामिकता साथ उठेका बिषयमा राष्ट्रिय बाघ सम्मेलमा बाघ बिज्ञ विच छलफल भईरहेको छ । बाघ सम्मेलन मार्फत बाघको संरक्षण दिगो भएपनि व्यबस्थापन पक्ष फितलो भएको सहभागीले उल्लेख गर्दा सक्षम र दिर्घकालिन वाघ व्यबस्थापनको राष्ट्रिय बाघ सम्मेलन मार्फत खोजी सुरु गरिएको छ ।

सम्मेलनमा खुल्ला सत्र चलेजस्तै बाघ साईनटिस्टले उठाएका बिषयमा गम्भीर मन्थनबाट चुरो कुरो निकाल्ने प्रयास भईरहेको छ । बाघ संरक्षणसँगै मानव र वन्यजन्तु विच बढिरहेको द्धन्द्ध व्यबस्थापन प्रमुख एजेन्डाका रुपमा बाघ बिज्ञको प्रस्तुति रहेको सहभागी तथा पूर्व वार्डेन रमेश थापाले बताए । ‘यस सम्मेलनलाई बर्दियावासीले अवसरको रुपमा लिएका छौ’उनले भने,‘कसले के भन्यो भन्दा पनि दिगो संरक्षणका लागि उत्तम विकल्प खोजी गर्न सम्मेलन मार्फत सहयोग पुग्छ ।’
बाघ सम्मेलमा कति वटा वाघको लागि कति क्षेत्रफलको आवश्यक्ता छ । निकुन्ज भित्र कति बाघ अटाउँन सक्छ । समस्या ग्रस्त बाघ समात्ने र खोरमा थुनेर मात्र समस्या समाधान होईन । बाघ र मानव विचको द्धन्द्ध समाधान र दिगो संरक्षणका लागि बाघ बिज्ञले नै दिशा निर्देशन गर्ने गरी सम्मेलन आयोजना गरिएको छ । कार्यक्रममा २५ जना विज्ञ (साईनटिष्ट) सहभागि छन् । सकारकार तर्फबाट नौ जनाले सम्मेलनमा प्रतिनिधित्व गरेका छन् । पर्सा, चितवन, बाँके, सुक्लाफाटा निकुन्जका प्रमुख, वन डिभिजन बर्दियाका प्रमुख र कृष्णसार संरक्षण क्षेत्रका प्रमुख कार्यक्रममा सहभागी छन् । पाँच वटा निकुन्ज सुरक्षार्थ खटिएका नेपाली सेनाका प्रमुख, प्रध्यापक, संघ संस्थाका प्रमुख, एनटिएनसिका पदाधिकारी र पूर्व वार्डेन गरी ७९ जनाको जम्बो टोली सम्मेलनमा सहभागी छन् ।

बिज्ञको कार्यशाला गोष्ठीमा सहभागीले कसले के भने भन्दा पनि सम्मेलनमा साझा अबधारण आउँने बर्दिया निकुन्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बताए । जिम्मेवार पदमा बसेका व्यक्तिबाट नै दिगो संरक्षणका लागि कमजोरी औल्याईएको संबाददाताको प्रश्नमा भण्डारीले भने ‘अहिले आफ्नो आफ्नो बिषय उठान गर्ने हो, सम्मेलनको अन्तिम दिन प्राथामिकता पाएका विषयको छलफल पछि दिगो संरक्षणका लागि निस्केको निस्र्कष हामीले जानकारी गराउँछौ ।’ १२ गते सम्म जारी हुने सम्मेलनले संरक्षणका लागि नयाँ दिशा निर्देश गर्ने भण्डारीले विश्वास व्यक्त गरे । दुई दिन सम्म चल्ने राष्ट्रिय बाघ सम्मेलनको उद्घाटन ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलक लम्सालले गरेका थिए । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय