अबैध कपडासहित दुई जना प्रहरीको नियन्त्रणमा
सोमबार, चैत १३, २०७९ मा प्रकाशित

बर्दिया, चैत १३ (फरकसमाचार) / भारतबाट अवैध रुपमा ल्याउँदै गरेका कपडासहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । गुलरिया नगरपालिका–६ निलो पेट्रोल पम्प स्थितबाट प्रहरीले अबैध कपडासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

अबैध कपडासहित प्रहरीले दुई जनालाई शुक्रबार नियन्त्रण लिएको थियो । आवश्यक कारवाहीको लागि कपडासहित दुई जनालाई प्रहरीले आइतबार राजापुर भन्सार कार्यालयमा बुझाएको छ । पक्राउ पर्नेमा मधुवन नगरपालिका–४ का २३ वर्षिय अमन खान र १८ वर्षिय ईमतीयाज खान रहेका छन् ।

दुवैसंग लेडिज कुर्ता सुरुवाल २ सया थान मुल्य रु १ लाख बराबरको कपडा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय