कृषकलाई दुई लाखको सिचाई पाइप
बुधबार, चैत १५, २०७९ मा प्रकाशित

दलबहादुर सुनार

बर्दिया, चैत १५ / बढैयाताल गाउँपालिका ८ नंम्बर वडा कार्यालयले ब्यबसायीक कृषकलाई सिँचाई पाइप बितरण गरेको छ । वडाको लक्षित कार्यक्रम अन्र्तगत ब्यबसायीक तरकारी पेशामा आवद्ध २४ जना कृषकलाई मंगलबार दुई लाख बराबरको सिचाई पाइप निःशुल्क बितरण गरेको हो ।

वडा नंम्बर ८ का अध्यक्ष तेजनाथ पौडेलेले कृषि ब्यबसायमा प्रोत्साहन गर्न वडाले निःशुल्क रुपमा पाइप बितरण गरेको बताए । परम्परागत कृषि पेसालाई आधुनिक प्रबिधिमा जोड्दै कृषि पेसालाई आर्थिक समृद्धिको मुख्य आधार बनाउनु पर्नेमा जोड दिए ।

बढैयाताल ८ नंम्बर वडा अन्र्तगत मयुरबस्ति, मुनालबस्ति, नयाँबस्ति कण्ठपुर तिलकाना पशुपतिबजारका युवा देखि जेष्ठ नागरिक सम्मका महिला तथा पुरुष ब्यबसायीक कृषि पेसामा आवद्ध भएका छन् । स्थानिय सरकारले कृषि पेसालाई मर्यादित र सम्मानित पेशामा रुपान्तरण गर्दै बेरोजगार युवालाई कृषि पेशामा आवद्ध गराइ स्वरोजगारको सिर्जना गर्न पर्ने र सिजन अनुसार बिउ, मल र सिचाईको ब्यबस्थाको ग्यारेण्टी गर्न रणनितक योजना बनाउनु पर्ने किसानको भनाई छ ।

वडामा सक्रिय रुपमा तरकारी खेति गर्दै आएका २४ जना कृषक मध्ये २ कठ्ठा देखि ७ कठ्ठासम्म १ रोल र ८ कठ्ठा देखि माथि तरकारी खेति गर्दै आएका कृषकलाई २ रोल सिचाई पाइप प्रदान गरेको वडा सचिब स्वस्तिका पौडेलले जानकारी दिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय