शिकारीले छोडेर भागेको भरुवा बन्दुक बरामद
सोमबार, चैत २०, २०७९ मा प्रकाशित

बर्दिया, चैत २० (फरकसमाचार) / सशस्त्र प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ । मधुवन नगरपालिका–३ स्थित बेलझुण्डी सामुदायिक वनबाट सशस्त्र प्रहरीले भरुवा बन्दुक बरामद गरेको हो ।

गत बिहीबार राति पौने दश बजेको समयमा बिओपी भगरैया मातहत रहेको फरवार्ड बेस धनौराबाट सशस्त्र प्रहरी सहायक निरीक्षक मगरु चौधरीको नेतृत्वमा पैदल गस्ती टोली निस्किएको थियो ।

गस्तीकै क्रममा बेलझुण्डी सामुदायिक वनमा ४/५ जनाको समुहले सशस्त्र प्रहरीलाई देखेर लोड गरिएको भरुवा बन्दुक फालेर भारततर्फ भागेको सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३१ गण गुलरियाका सशस्त्र प्रहरी नायव उपरीक्षक जगदिश जोशीले बताए । ‘समूहले हतियार छोेडी भारततर्फ भागेको जानकारी पाउनसाथ बिओपी भगरैयाका प्रहरी निरीक्षक बम बहादुर कुवँर पुगेका थिए’ सशस्त्र प्रहरी नायव उपरीक्षक जोशीले भने,‘लोड अवस्थामा रहेको भरुवा बन्दुक बरामद गरि शुक्रबार ईलाका प्रहरी कार्यालय ढोढरीमा बुझाएका छौं ।’

राति सामुदायिक वनमा हतियारसहित शिकार गर्ने उदेश्यले समुह वनमा प्रवेश गरेको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय