जनकपुरमा कल सेन्टर चलाएर ठगी गर्ने २३ जना ९० थान कम्प्युटरसहित पक्राउ
मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित

जनकपुरधाम, चैत २१ / जनकपुरमा अनलाइनबाट ठगी गरेको आरोपमा ९० थान कम्प्युटरसहित २३ जना पक्राउ परेका छन् । जनकपुरधामको पिडारीचौकस्थित वीरबहादुर राउतको घरको दोस्रो तलामा गैरकानुनी रुपमा कल सेन्टर संचालन गरी अनलाइन ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले कल सेन्टरमा छापा हानेर ९ महिलासहित २३ जनालाई पक्राउ गरेको हो । उनीहरुले इन्टरनेट जोडेर प्रयोग गरेका ३० वटा कम्प्युटर र तयारी अवस्थामा रहेका ६० वटा कम्प्युटर पनि बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट दुईवटा मोटरसाइकल पनि बराम गरिएको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए । उक्त कल सेन्टरका मुख्य संचालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय