लघुवित्तको ज्यादती बिरुद्धमा अनिश्चतकालिन रिले अनसन
बुधबार, चैत २२, २०७९ मा प्रकाशित

बर्दिया, चैत २२ (फरकसमाचार) / लघुवित्तिय संस्थाहरुको ज्यादती बिरुद्धमा बिरोध तथा अनिश्चतकालिन रिले अनसन प्रदर्शन गरिएको छ । लघुवित्तिय संस्था बिरुद्धको संघर्ष समितिको आयोजनामा जिल्ला प्रशासन कार्यालय अगाडि रिले अनसन गरि बिरोध प्रदर्शन गरिएको हो । मंगलबार निकालिएको ¥यालीमा लघुवित्तिय संस्था खारेज गर, मान्छे मार्न पाइदैन, हत्यारा लघुवित्तिय संस्था चाहिदैन भन्ने चर्को नाराबाजी गरि प्रदर्शनकारीले बिरोध गरेका छन् ।

सरकारसंग पाँच बुँदे माग राख्दै मंगलबार जिल्ला प्रशासन अगाडि बिरोध तथा रिले अनसन प्रदर्शन गरिएको छ । नव सामान्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर, सामुहिक ऋण मिनाह गर, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता, क्षमतामा आधारित काम र दामको व्यवस्था गर र सामाजवादी अर्थतन्त्रको विकास गर भन्ने माग राख्दै रिले अनसनमा उत्रिएका छन् ।

सरकारले हाम्रो माग पुरा नगरेसम्म जिल्ला प्रशासन अगाडि रिले अनसन जारी रहने संघर्ष समिति गुलरियाका अध्यक्ष रन्जित बिक्रम शाहले बताए । बिहान १० बजे देखि साँझ ५ बजेसम्म प्रशासन कार्यालय अगाडि रिले अनसन प्रदर्शन जारी रहने अध्यक्ष शाहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय