उप प्रमुख चौधरीको सनकले कर्मचारीको कक्षमा ताला लाग्नु जायज हो र ?
मङ्गलबार, चैत २८, २०७९ मा प्रकाशित

बर्दिया, चैत २८ / मधुवन नगरपालिकाकी उप–प्रमुख अनिता चौधरीले प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा सोमबार तालाबन्दी गरेकी छन् । तालाबन्दीपछि उप–प्रमुख अनिता चौधरी र नगर प्रमुख तेज बहादुर भाटसँगको छलफलपछि ताला खुलेको हो । प्रमुुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेको कार्यकक्षमा उप–प्रमुखले नै तालाबन्दी गरेपछि कर्मचारीले ज्यादतिको बिरुद्ध बिज्ञप्ती जारी गरेका छन् ।

प्रमुख प्रशासकिय अधिकृत न्यौपाने बिदामा छन् । गाडी चढ्न र अन्य सुबिधामा कटौति गरेको प्रमुख प्रशासकिय अधिकृत न्यौपानेलाई मधुवनकि उपप्रमुख चौधरीले लगाएको आरोप हो । महिला भएकै कारण हेपाईमा परेको भन्दै सहन नसकेर तालाबन्दी गरेको उपप्रमुख चौधरीको भनाई छ । प्रदेश सरकारले तोकेको सेवा सुबिधा भन्दा बढि सेवा सुबिधाको भुक्तानी दिन नसक्ने प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले बताए ।

उप प्रमुखलाई दोहोरो सुबिधा दिन कर्मचारीको आनाकानी

मधुवन नगरपालिकाकि उप प्रमुख अनिता चौधरीलाई नियम विपरीत दोहोरो सेवा सुबिधा दिन कर्मचारीले आनाकानी गरिरहेको खुलेको छ । स्थानीय सरकारले तोकेको सेवा सुबिधा वापत नगद बुभेपनि ईन्धन खर्च लगायत अतिरिक्त खर्च उपप्रमुख चौधरीले गरिरहेको कर्मचारीको दाबी छ ।
मधुवन नगरपालिकाले उपलब्ध गराउँने सेवा सुबिधा वापत नगद बुझेपनि अतिरिक्त खर्च गरी दुरुपयोग गरिरहेको उप प्रमुख चौधरीलाई आरोप छ ।

सेवा सुबिधा बिपरीत चौधरीले मधुवन बजारमा लिएको क्वाटर सुबिधाको कार्यालयले भुक्तानि दिईरहेको पाईएको छ । प्रदेश सरकार ऐनमा स्थानीय सरकारले दिने सेवा सुबिधामा जनप्रतिनिधिलाई क्वाटर सुबिधा लिन नपाउँने व्यबस्था छ । उपप्रमुखले क्वाटर संचालनका लागि भान्सा सामाग्री, पलङ, सोफा र कार्पेट बापत चार लाख बढी मधुवन नगरपालिकाले भुक्तानी गरिसकेको छ । उप प्रमुखलाई सुबिधा वापतको एकमुष्ट रकम मासिक ४० हजार कार्यालयले भुक्तानि दिईरहेको छ । प्रदेश सरकारले उप प्रमुखलाई यातायात १२ हजार, पत्रपत्रिका र ईन्टरनेट ५ हजार, टेलिफोन मोबाईल रिचार्ज ४ हजार, अतिथि सत्कार ६ हजार, जनसम्र्पक बिशेष कार्य सुबिधा ८ हजार र खानेपानी तथा सरसफाई ५ हजार तोकेको छ । सेवा सुबिधा वापतको रकम मासिक ४० हजार मात्र हुन्छ ।

साउन देखि कात्तिक सम्म ९ लाखको ईन्धन खर्च भएको छ । मधुवनका नगर प्रमुख तेज बहादुर भाटले सामाजिक संजालमा गाडी सुबिधा प्रयोग नर्गर्ने सार्वजनिक भएको थियो । उप प्रमुख चौधरीले त्यो अवधिमा सवारी साधन प्रयोग गरेको बेला ईन्धन खपत भएको लगबुक नभर्दा उप प्रमुख र कर्मचारी विच द्धन्द्ध चर्किएको स्रोतको दाबी छ ।

मधुवन नगरपालिकामा उप प्रमुख चौधरीले गरेको खर्चको लामो सूचिले हिसाब मिलान समस्या देखिएको स्वयम कर्मचारीले गुनासो गरे । सेवा सुबिधाका बारेमा आफु अनभिज्ञ भएको उप प्रमुख अनिता चौधरीले बताईन । ‘घरबाट आवात जावत गर्न समस्या भएका क्वाटर लिएको हुँ’उनले भनिन,‘पहिलाको नगर प्रमुखले यो सुबिधा प्रयोग गर्नु भएको छ ।’ कर्मचारी र प्रमुखले सेवा सुबिधा लिन आग्रह गरेको उप प्रमुख चौधरीले दाबी गरिन् ।

उनका अनुसार मोटरसाईकल सुबिधा कार्यालयले दिएको छ । क्वाटरका लागि आवश्यक सामान स्टोरले खरिद गरेर दिएको उनको भनाई छ । तर,क्वाटरमा बिलाशी सामान उप प्रमुखले प्रयोग गरिरहेको समेत उनलाई आरोप छ ।

सत्ताको अघि कर्मचारी निरीह बन्छ । त्यस्तै निरीह बनेका कर्मचारीको अघि खर्चको सूचिले आकाश छुदा मधुवन नगरपालिकाले खर्च व्यबस्थापनमा मधुवन नगरपालिकालाई सकस भईरहेको तथ्य खुलेको छ । नगर प्रमुख र उप प्रमुखले नगद नबुझेर महिनामा १ सय २० लिटर ईन्धन खपत गर्न सक्ने ऐनमा व्यबस्था छ । त्यो सुबिधा समेत उप प्रमुखले नगदमा बुझिएको रेर्कडमा देखिएको छ । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय