थप उपचारका लागि राष्ट्रपति पौडेललाई दिल्ली लगियो
बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित

काठमाडौँ, बैशाख ६/ राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ।  उनलाई केहीबेरअघि श्री एयरको एयर एम्बुलेन्समार्फत् दिल्ली लगिएको हो।

उनको दिल्लीस्थित अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्स (एम्स) मा बाँकी उपचार हुनेछ। राष्ट्रपति पौडेलले यसअघि पनि उक्त अस्पतालमा उपचार गराइरहेकोले अहिले पनि त्यही लैजाने उनको प्रेस सल्लाहकार किरण पोखरेलले जानकरी दिए।

राष्ट्रपति पौडेल स्वास्थ्यमा समस्या आएपछि मंगलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। पेटमा इन्फेक्सन र शरीरमा अक्सिजनको मात्रा कम भएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको हो। सोमबार राष्ट्रपति पौडेलको बायाँ छातीको तल्लो भागबाट भिडिओ एक्सरेको सहायताले पानी निकाली परीक्षणको लागि पठाइएको थियो।नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय