वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार
शुक्रबार, बैशाख २९, २०८० मा प्रकाशित

बर्दिया, बैशाख २९ / बढैयाताल गाउँपालिकाले यस क्षेत्रकै ठूलो बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार गरेको छ । उसले माटो उत्खनन गरिरहँदा वातावरणिय प्रभाव मुल्यांकनको काम अघि बढाएको दाबी गरेको छ । तर, पालिकाकै आदेशमा विभिन्न निमार्ण कम्पनीलाई हजारौँ टिप्पर माटो जथाभावी उत्खनन गरिसकिएको छ । अझै पनि उत्खनन कार्य जारी छ ।

पालिकाले संघ, प्रदेशका योजनालाई मात्र माटो दिएको दाबी गरेको छ । तर, वातावरणबिदहरुले भने वातावरणिय प्रभाव मुल्यांकन नगरी जैविक विविधताको समरिक स्थलबाट माटो उत्खखन गर्न नमिल्ने सुझाएका छन् ।

निमाणं कम्पनीहरुले तालको माटो आफू अनुकुल उत्खनन् गरिरहेको स्थानीयको गुनासो छ । जथाभावी उत्खननले बढैयातालको जैविक बिविधता ह्रास भएको छ । कमलकाको बोट जलकुम्भी झारले मरेको छ । माछाका सयौँ प्रजाती सकिएका छन् ।

चराचुरुगँी हराएका छन् । पानीमा बाँच्ने जलचर मरेका छन् । पालीकाले ताल संरक्षण गर्नुको साटो जैविक विविधता पूर्णरुपमा नास गर्ने काम भइरहेको छ । तालको विकास र पर्वधन गर्न अन्य थुप्रै विकल्प हुनसक्छन् । तालको विकासका नाममा जैविक विविधता मास्न पाईदैन, जैविक विविधताता बिद भन्छन्, हालकौ बढैयातालको यो अवस्था अन्र्तराष्ट्रिय मुद्दा बनाईनु पर्छ ।

बढैयाताल गाउँपालिकाका सूचना अधिकारी कमल खडका क्षेत्रीले बढैयातालको संरक्षण गर्न बहुबर्षिय योजना रंगिनमा रहेको र माटो उत्खनन् विकासका सम्बन्धमा संघ, प्रदेश र पालिकाबिच दिने भन्ने निर्णय भएको जनाएका छन् । तर, कुनै पनि जैविक विविधता र वातावरणीय प्रभाव पार्ने प्राकृतिक स्रोत र साधनमा उत्खनन् गर्नुअघि सम्बन्धित बिज्ञ र स्थानीयहरुको सुझाव अनुसार वातावरणीय प्रभाव मुल्यांकन आवश्यक पर्छ । अझ तालतलैया र जैविक विविधताले भरिएको सार्वजनिक स्थलको बातावरणीय प्रभाव मुल्यांकन नै हुन नसक्ने तर्क बिज्ञहरुको छ ।

पालिकाले बढैयातालको ६० प्रतिशत भुभाग सुख्खा रही जलकुम्भी झारहरुलाई फाल्न माटो उत्खनन गरेको कमजोर तर्क गरेको छ । तर, स्थानीयले भने त्यति ठूलो तालको आधा भागको पानी अर्को भागमा फालेर जैविक विवधिताको संरक्षण गर्दै अर्को भागको जलकुम्भी झार सफा गर्न सकिने सुझाएका छन् ।

माटोको मुल्य कति ?

पालिकाले बढैयातालको माटो घुईयाको भाउमा बिक्री गरेको छ । दुई हजार टिप्पर पर्ने माटो पालिकाले ७ सय रुपैयाँमा बिक्री भइरहेको चर्चा भइरहेको छ । पालिकासंग सूचना माग्दा मुल्य सार्वजनिक गर्न आनकान गरेको छ । उसले माटो बोक्ने टिप्परको संख्या गणना गर्नुभन्दा पनि घन मिटर जग्गाको आधारमा दिइएको जनाएको छ । त्यस्तै माटो बोक्दा टिप्पर बोक्ने समय सीमा नतोकिएको पालिकाले जनाएको छ । हालसम्म कति घन मिटर माटो पालिकाले बिक्री गरेको अभिलेख सार्वजनिक गरेको छैन ।

पक्की सडक भत्कियो, मर्मत भएन

बढैयातालको माटो उत्खनन हुने माटो बोक्ने टिप्पर रातदिन चलिरहँदा भोलागौडी देखि बढैयाताल सम्म पुग्ने पक्की सडक भत्किएको छ । स्थानीयले भत्केको पक्की सडक मर्मत गर्न माग गर्दै समय समयमा टिप्पर चल्न अवरोध गर्दै आएका छन् । तर, पालिकाले मर्मत सम्हारको आश्वासन दिए पनि भत्किएको सडकले जनप्रतिनिधिहरुलाई गिज्यिाई रहेको छ ।

कस्तो थियो बढैयाताल ?

बह्रीया अर्थात निकै सुन्दर । यही सुन्दरता कारण पुर्खाहरुले तालको नाम बह्रैया राखे । १ सय १० विगहा क्षेत्रफलमा फैलिएको ताल प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । संघीयता आएपछि तालको नामबाट पालिकाको नाम बढैयाताल गाउँपालिका राखिएको छ । बह्रीयालाई नेपाली भाषामा बढैया लेखिने गरिएउको छ । उक्त ताल बर्दियाको बढैयाताल गाउँपालिका वडा न. ५ मा पर्दछ । कमलको फूलले ताल ढकमक्कै ढाकिएको थियो । टेलुनीयाको फूल मगमगाउँथ्यो । सेल्की, गेजरा, भँसेर लगायतका अनगिन्टी पानीमा पाईने जडीबुटी थियो । उक्त तालमा ३१ बढी प्रजातिका स्थानीय चराहरु पाईने स्थानीय बताउँछन् । मुलुककै दुर्लभ प्रजातीका चरा पनि यहाँ पाइन्थ्यो । साइबेरिया र भारतबाट पनि पहुनाका रुपमा चरा आउँने गर्थे ।

के के सकिए

उक्त तालमा ३१ बढी प्रजातिका स्थानीय चराहरु पाईने स्थानीय बताउँछन् । मुलुककै दुर्लभ प्रजातीका चरा पनि यहाँ हेर्न पाईन्थ्यो । साइबेरिया र भारतबाट पनि पहुनाका रुपमा चरा आउँथे । यहाँ सरास, करे¨कुरुङ, साईबेरिन, हाँस, कुर्मा, मरुल, लामाऔले, राज हुटिट्याउँ, टिमटिमा, मलाह चिल, माटी कोरी पजातीका चरा देख्न सकिन्थ्यो । त्यस्तै डुबुल्की, जलेवा, चखेवा, ७ प्रजातीका बकुला, लाल टाउके गरुड, करी साँवरी, सिलसिले, खडखडे हाँस, विजुलागैरी, हरियो टाउके, सुईपुच्छे, सिम कुखुरा लगायत प्रजातीका चार हेर्न सकिन्थे ।

तालको संरक्षणमा रैथाने थारु समुदायको परम्परा जोडिएको छ । तालमा पस्नुअघि स्थानीयले कमलको फूल टिपेर शंकर र पार्वती (लगवालगीनीया) लाई चढाउँछन् । शकर र पार्वती बह्रैयातालमा नाग र नागिनको अवरणमा घुम्न आएको विश्वास गरिन्छ । मासिकश्राव भएका बेला महिलाहरु तालमा पस्न पाउँदैनन् । फोहोर गर्न निषेध गरिएको छ । सिनो फाल्न पाईदैन । मलामीहरुलाई तालमा नुहाउन पूर्णरुपमा रोक लगाइएको छ । मासिकश्राव भएका महिला तालमा पसे, मलामीले नुहाए निकै ठूलो अनिष्ट हुने जनविश्वास छ । सदियौँदेखिको प्राकृतिक रुपमा तालमा हालसम्म कोही पनि नडुबेको स्थानीय बताउँछन् ।

उक्त तालमा कछुवा, घोंघी, साल, बोम्ली, टेग्नी, सिंगी, मँगुर, सेधुरी, खेस्टी लगायतका स्थानीय प्रजातीका माछाहरु पाउन सकिन्छ । प्रचारप्रसार अभावमा ओझेलमा रहेको यस क्षेत्रकै बढैयाताललाई सिमसार क्षेत्रका रुपमा विकास गर्न अन्र्तराष्ट्रिय पर्यापर्यटन बिशेषज्ञहरुले चासो देखाउन थालेका छन् ।

के हो सीमसार ?

स्वतन्त्र विश्व कोषका अनुसार पानीले राम्रोसित भिजेको ठाउँ, अत्याधिक आद्रता भएको जमीन, जहाँ पानीको सतह र जमीन करिब करिब एउटै स्तरमा हुने र बोटबिरुवाको अस्तित्व रहेको, पानी नसुक्ने रसिलो जमीन क्षेत्रलाई सिमसारकारुपमा परिभाषित गरिएको छ । त्यस्तै नेपालको राष्ट्रिय सीमसार नीति २०५९ अनुसार जमेको वा बगेको स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रुपमा बनेको दलदल क्षेत्र हो । त्यसमा धाप लगायतका नदीको बाँध क्षेत्र, ताल, पोखरी, जलाशय एंव धानवाली समेत पर्छ । यि सबै दृष्टिकोणले बढैयाताल सीमसारका लागि उपयुक्त छ । स्रोत दस्ताबेज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय