११ वटा विद्यालयमा शुद्ध खानेपानी मर्मत सम्भार कार्ययोजना निर्माण
बिहिबार, जेठ ११, २०८० मा प्रकाशित

बर्दिया, जेठ ११ (फरकसमाचार) / मधुवन नगरपालिका अन्र्तगतका ११ वटा सामुदायिक विद्यालयमा शुद्ध खानेपानी मर्मत सम्भार सम्बन्धि कार्ययोजना निर्माण गरिएको छ । मधुवन नगरपालिकाको शिक्षा शाखाले छनौट गरेको ७ वटा मावि र ४ वटा आधारभूत विद्यालयमा शुद्ध खानेपानी मर्मत सम्भार सम्बन्धि विद्यालय व्यवस्थापन समितिको कार्ययोजना निर्माण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक र विद्यार्थीहरुको उपस्थितीमा कार्ययोजना निर्माण गरिएको छ । यस कार्ययोजनाले विद्यार्थीहरुले शुद्ध खानेपानी खान पाउने विश्वास छ ।

प्लान इन्टरनेशनल नेपालको सहयोग, बिग्रुपको साझेदारी र मधुवन नगरपालिकाको समन्वयमा बाल विवाह न्युनिकरण परियोजनाले सामुदायिक विद्यालयहरुमा शुद्ध खानेपानी मर्मत सम्भार सम्बन्धि कार्ययोजना निर्माण गरेको छ ।

विद्यालयमा शुद्ध खानेपानी मर्मत सम्भार सम्बन्धि कार्ययोजना निर्माण गरिएको बाल विवाह न्युनिकरण परियोजना मधुवनकी फिल्ड सुपरभाइजर सुनिता चौधरीले बताईन् । ‘विद्यालयलाई बालमैत्री र शान्तिपुर्ण बनाउन ११ वटा विद्यालयमा परियोजनाले काम गरिरहेको छ’ सुपरभाइजर चौधरीले भनिन्,‘ निर्माण गरिएको कार्ययोजनालाई विद्यालय सुधार योजनामा समावेश गर्न पहलसमेत गरिरहेका छौं ।’ विद्यालयलाई व्यवस्थित बनाउन यस अघि ११ वटै विद्यालयमा बाल संरक्षण नीति निर्माण भईसकेको चौधरीले जनाईन् ।

विद्यालयमा शुद्ध खानेपानी मर्मत सम्भार सम्बन्धि बुधबार भएको कार्ययोजना निर्माण कार्यक्रममा बलराम सिग्देलले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय