वन्यजन्तु र मानवद्वन्द्वमा मधुवन सरकारकोे चासो
शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित

बर्दिया, जेठ १२ / पछिल्लो समय मधुवन नगरपालिकाका अधिकांश वडामा वाघको आक्रमण तिब्र छ । हात्तीले सर्वसाधारणको घर र गोठ दिनदिनै भत्काईरहेको छ । अन्तराष्ट्रिय करिडोरमा जोडिएको मधुवन नगरपालिका अधिकांश वडाका सर्वसाधारण न दिनमा भोक छ, न रातीमा निन्द्रा छ । एक देखि पाँच नम्बर वडामा निरन्तर वन्यजन्तु आक्रमण भईरहेको छ । प्रहरी र प्रशासनलाई हारगुहार गर्ने मधुवन सरकारसँग दक्ष जनशक्ति नहुँदा सर्वसाधारणले बढ्दो क्षति दिन प्रतिदिन व्याहोर्न पर्ने बाध्यता छ । मधुवन नगरपालिका एउटै वडाका ६ जनाको ज्यान बाघले लिईसकेको छ ।

हात्तीले पटक पटक घरमा आक्रमण गर्दा मधुवन नगरपालिकाको आधा भाग असुरक्षित छ । मधुवन नगरपालिकाले मानव र वन्यजन्तु द्धन्द्ध न्यूनिकरणका लागि जिल्लाका सरोकारवालालाई भेला पारेर बिहिबार कार्यक्रम आयोजना गर्यो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी नारायण रिसाल, डिभिजन वन अधिकृत प्रबिण बिडारी, नेपाली प्रहरीका प्रमुख सुधिरराज शाही, सशस्त्र प्रहरी प्रमुख हर्क बहादुर शाही, निकुन्ज साहायक वार्डेन, समन्वय समितिका अध्यक्ष हरि गुरुङ, पूर्व वार्डेन रमेश थापा, एनटिएनसि प्रमुख लगायतको उपस्थिति कार्यक्रममा रहेको थियो ।

पूर्व वार्डेन थापाले वन्यजन्तु (बाघ र हात्ती) को व्यबहार परिवर्तन श्रव्यदृश्य प्रस्तुत गरेका थिए भने कार्यक्रममा समन्वयका तर्फबाट गुरुङले वर्तमान अवस्थाको जानकारी गराएका थिए । कार्यक्रममा सहभागी तर्फबाट प्रमुख जिल्ला अधिकारी नारायण रिसालले वन्यजन्तु र मानव द्धन्द्ध न्यूनिरकणका बिषयमा जोड दिए । रिसालको भनाई वन्यजन्तु र मानव विचको द्धन्द्ध न्यूनिरकणमा सन्र्दभमा राखिएको बिषय सान्र्दभिक थियो । उनले जंगल क्षेत्र वा वस्ती क्षेत्रमा बिद्युतिय तारबार गरेर भएपनि वस्ती सुरक्षित गर्न पर्नेमा रिशालले जोड दिएका थिए ।

प्रहरी प्रशासनसँग दक्ष जनशक्तिको अभावमा देखिएको छ । आक्रमणका घटना घटिरहेको अवस्थामा प्रहरी पुग्दा दक्ष जनशक्ति हुनु पर्ने औल्याईएको छ । प्रहरी प्रमुख शाहीले अन्य मुलुकको व्यबस्थापनको सिकाई अंगिकार गर्न पर्ने धारणा राखे । कार्यक्रममा मधुवन नगरपालिकाका एक देखि पाँच नम्बर वडामा वन्यजन्तुको आक्रमण घटना दोहोरिनुले चिन्ताजनक अवस्था सिर्जना गरेको नगर प्रमुख तेज बहादुर भाटले बताए । सवैको हातेमालो आवश्यक रहेको उल्लेख गर्दै वन्यजन्तु र मानव द्धन्द्ध न्युनिकरणका लागि एकिकृत योजना लागु गर्ने पर्ने नगर प्रमुख भाटले बताए ।

बस्ती व्यबस्थापनमा बैकल्पिक उपायको खोजी, बिद्युतिय तारबार, पक्की बार निर्माण गर्न पहल गर्न सके न्यूनिकरण सम्भव हुने मधुवन वडा नं १ का अध्यक्ष मिन थापाले बताए । सिमित स्रोत साधन विच समन्वयात्मक भुमिकाले मात्र डिभिजन वन कार्यालयले मानव र वन्यजन्तुद्धन्द्ध न्यूनिकरणमा महत्वपूर्ण उपलब्धी हासिल गरेको वन प्रमुख प्रबिण बिडारीले दाबी गरे । उनका अनुसार करिडोर क्षेत्रमा गौशाला निर्माणले वन्यजन्तुलाई लोभ्याईरहेको उल्लेख गर्दै तत्काल कोठियाघाटमा निर्माण गरेको गौशाला हटाउँन पर्ने माग गरे । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय