आज मधुवनमा बृहत विमा कार्यक्रम
बुधबार, जेठ १७, २०८० मा प्रकाशित

बर्दिया, जेठ १७ (फरकसमाचार)/ मुधवनमा बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले बुधवार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा जनप्रतिनिधि,सरोकार, प्रत्यक्ष मर्कामा परेका किसानका विच अन्तरक्रिया गर्ने आयोजक बिमा प्राधिकरणले लक्ष्य हो । आयोजकले जिवन तथा निर्जिव बिमकलाई आमन्त्रण गरी बृहत कार्यक्रम आयोजना गर्न थालेको हो । मधुवन नगरपालिका किसानका लागि जोखिम मानिन्छ ।

किसानलाई बिभिन्न किसिमका समस्या पर्दा जोखिम मोल्न बाध्य छन् । सरकारले दिने राहत किसानको क्षतिपुर्ती कम भईरहेको जनगुनासो बढि छ । थौरै रकममा स्थानीय सरकारले किसानलाई लाभान्वित गर्ने योजना सँगसँगै प्राधिकरण कार्यालयले जेठ १७ मधुवन र जेठ १८ गते ठाकुरबाबा नगरपालिकामा कार्यक्रम गरिरहेको छ । मधुवन र ठाकुरबाबा नगपालिकाका बासीन्दा प्रत्यक्ष रुपमा वन्यजन्तु आक्रमणबाट किसान प्रताडित छन् ।

जैबिक मार्ग जोडिएको मधुवनमा वन्यजन्तुको आक्रमणबाट किसान आजित छन् । वन्यजन्तुको आक्रमण मानिसले समेत जोखिममा जिवन यापन गरिरहेको अवस्थामा नगदेबाली, गाईवस्तु जोगाउँन किसानलाई हम्मेहम्मे छ । किसानलाई राहत प्रदान गर्ने उदेश्य र लक्ष्य लिएर मधुवन सरकारले कार्यक्रमलाई अघि बढाएको छ । किसानलाई पछिल्लो समय कृषि बिमा प्रभावकारी बनेको अवस्थामा बिमालाई अघि बढाउँन सकेन भने किसान लाभान्वित हुने बिषयमा एक मत हुुने बिश्वास आयोजकले लिएको छ । प्राधिकरण समन्वय कर्ताको भुमिकामा विमा प्राधिकरण कार्यालयका तर्फ डिएन गिरी खटिएका छन् ।

बिमाले जोखिम अनुसन्धान गरेर सस्तो शुल्क बिमा रकम उपलब्ध गराउँनका लागि रिर्सच गर्ने छ । सरकारले प्राधिकरण मार्फत किसानलाई लाभान्वित गर्न बिमा गर्ने योजना अघि सारेको थियो । मुधवनमा दिउँस ३ बजे देखि प्राधिकरण उच्च पदस्थको उपस्थितिमा कार्यक्रम सुरु हुनेछ । कार्यक्रममा वडाका जनप्रतिनिधि देखि नगर प्रमुख,कर्मचारी सहभागी हुदैछन् । यसअघि मानव र वन्यजन्तु द्धन्द्ध व्यबस्थापनका लागि भएको अन्तरक्रियामा किसानलाई बिमा मार्फत समस्या सम्बोधन गर्ने छलफलमा प्रमुख बिषयको रुपमा उठेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय