बाघको आक्रमणबाट महिलाको मृत्यु
आइतबार, मङि्सर ०३, २०८० मा प्रकाशित

बर्दिया,मंसिर ३(फरकसमाचार) / बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । राजापुर नगरपालिका–१० सुकुम्बासी टोलकी २५ वर्षिय ममता सुनारको आइतबार दिउँसो मृत्यु भएको हो । बाघले आक्रमण गर्दा गम्भिर घाईते भएकी महिलालाई उपचारको लागि बर्दिया अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

आइतबार साढे १२ बजे नेपाल भारत सिमावर्ति जंगलमा घाँस काट्न गएको बेला बाघले आक्रमण गरि सख्त घाईते बनाएको डिभिजन वन कार्यालयका सुचना अधिकारी द्रोणराज शर्माले बताए ।

‘मृतकसंगै घाँस काट्न गएका अन्य दुई स्थानीय बाघको आम्नेसाम्ने परेर झस्किएर अत्तिएका छन्’ सुचना अधिकारी शर्माले भने,‘उनीहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको जानकारी छ ।’उनीहरुको अवस्था सामान्य रहेको सुचना अधिकारी शर्माले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर