उद्योग वाणिज्य संघ र अक्सिजन बैंक गुलरियाको भुकम्प पिडितलाई संयुक्त सहयोग
सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित

बर्दिया,मंसिर ४ (फरकसमाचार)/ उद्योग वाणिज्य संघ र अक्सिजन बैंक गुलरियाले भुकम्प पिडितलाई संयुक्त रुपमा त्रिपाल हस्तान्तरण गरेका छन् । जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत जाजरकोट भुकम्प पिडितलाई आइतबार पाँच सय थान त्रिपाल हस्तान्तरण गरिएको हो । उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डे र अक्सिजन बंैकका संयोजक भेषराज पौडेलले संयुक्त रुपमा सहयोग सामाग्री त्रिपाल प्रजिअलाई हस्तान्तरण गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले जाजरकोट जिल्ला छेडागाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीलाई त्रिपाल हस्तान्तरण गरेका छन् । हस्तान्तरण गरिएको त्रिपाल विपद व्यवस्थापन समितिले बनाएको मापदण्ड अनुसार वितरण गर्न प्रजिअ रिसालले आग्रह गरेका छन् ।

उद्योग वाणिज्य संघ र अक्सिजन बैंकले संयुक्त रुपमा १२ बाई १२ को ४ सय ४० र १२ बाई १० को ६० वटा गरि जम्मा ५ सय थान त्रिपाल हस्तान्तर गरेको छ ।

गत कात्र्तिक १७ गते मध्यरातमा जाजरकोटमा केन्द्र बिन्दु बनाएर गएको भुकम्पले जाजरकोट र रुकुम पश्चिममा मानवीय क्षति पु¥याएको छ । चिसो बढेसंगै भुकम्प प्रभावित घरपरिवारको सहजताको लागि त्रिपाल सहयोग गरिएको सहयोगी संस्थाहरुले जनाएका छन् ।

कोरोना अवधिमा स्वदेश, बिदेश तथा आम नागरिकहरुको आर्थिक सहयोग बर्दिया अक्सिजन बैंकमा रु ३३ लाख फन्ड कलेक्शन भएको संयोजक भेषराज पौडेलले बताए । ‘फन्डलाई कोरोना अवधि भरि अक्सिजन उपलब्ध गराउने काम ग¥यो’ संयोजक पौडेलले भने,‘कोरोना अवधि सकिएपछि सामाजिक काम गर्ने डिजाईस्टरको रुपमा सामाजिक संस्था बर्दिया अक्सिजन बैंक प्रशासनमा दर्ता गरियो । यो सामाजिक संस्थाले विपदको समयमा अग्रसता देखाउँदै आएको छ । जाजरकोट भुकम्प पिडित क्षेत्र अनुगमन गरि माग अनुसार त्रिपाल हस्तान्तरण गरिएको संयोजक पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर