प्रादेशिक महोत्सव गुलरियामा कलाको गर्मी
मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित

एलिना चौहान, राज कुश्मी र रामजी खाँडको दमदार प्रस्तुतीले महोत्सवको महोल तात्यो

बर्दिया,पौष १०(फरकसमाचार)/ पौष महिना । तर, गुलरियामा चल्ती महोत्सवले गर्मी भित्राएको छ । महोत्सवको चौथो दिन सोमबार दिउँस गायक रामजि खाँड, एलिना चौहान र राज कुश्मी एक साथ झुल्किदा महोत्सव मैदानमा तापक्रमको पारो ह्वात्तै बढ्यो । हिट कलाकार निकालेकोे गर्मीमा दर्शक छमछमि नाचे ।

चर्चित गायिका एलिना चौहान, गायक राज कुश्मी र रामजी खाँडको प्रस्तुतीले प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव गुलरियाको महोल ततिएको थियो । चर्चित गायकहरुले एकपछि अर्को चर्चित गित पस्किदै गर्दा महोत्सवमा उपस्थित दर्शकहरु झुमेर नाँचेका थिए । दर्शकहरु नाच्दा भिड समहाल्न सुरक्षाकर्मीहरुलाई हम्मेहम्मे परेको थियो ।

पछिल्लो समयमा सबैको मनमुटुमा बस्न सफल गायिका चौहानले यो भाग्गेमा खोठ छ, यो मुटुमा चोट छ, तिम्रै माया लाग्छ बरिलाई, जुनी भरिलाई रुवाई गयो तिमी अझै पनि मनमा छौ तिमी, धोके बाज हौ तिमी धोके बाज हौ तिमी, मेरो चुनुमुनु हौ, मिनरल वाटर भन्दै खान्छौं क्वाटर, गोदावारी मनमै, मनै तोडेरलगायतका गितले गुलरिया महोत्सव गुन्जयमान हुँदा महोत्सवको महोल झन् तातेको थियो ।


रामजी खाँडले जम भन्यो लाहुरे, पहिलो भेटमै पारदियो भुतुक्कै, सलल बग्ने गण्डकीलगायतका गित महोत्सवमा पस्केका थिए । त्यसैगरि राज कुश्मीको आटुवामै बैठके मतवारी गोरी, मोर डुलुरुलाई कमसल कमरिया हिलोर मारे,चश्मा लागकेलगायतको गितले दर्शकहरुले भरपुर मनोरन्जन लिए । चर्चित कलाकारहरुको प्रस्तुतीले साँझ पर्दासमेत दर्शकले वान्स मोर वान्स मोर भन्दै गित गाउँन आग्रह गरिरहेका थिए ।
सोमबार महोत्सवमा उत्साहजनक दर्शकहरुको उपस्थिती रहेको थियो ।

प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव गुलरियाको आकर्षकमा थारु गाउँ, बालबालिकाको लागि रेल, पिंङ, मिक्की माउसलगायत खेल्ने खेलौना, माउतका कुँवा, कृषि, घरायसी सामान, कपडा, भाडा वर्तनलगायतका विभिन्न स्टल छन् । महोत्सवको मुख्य प्रबेशद्वारबाट भित्र पसेपछि गणेश भगवान्लगायतका आर्कषक मुर्तिको दर्शन गर्न सकिन्छ ।

महोत्सवपौष ६ गते देखि पौष १६ गतेसम्मचल्नेछ । गुलरिया नगरपालिका–८ कोठिया गाउँ नजिक (निलो आयल पेट्रोल पम्पको पुर्व पट्टि) महोत्सव चलिरहेको छ ।

आज मंगलबार लोकप्रिय गायिका शान्तिश्री परियार, गायक श्रीनिवास चौधरी, विष्णु थापा, गेमराज गिरी, मोडल डान्सर विवस चौधरी र लक्ष्मी चौधरीको महोत्सवमा बेजोड प्रस्तुती रहने उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर