दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई काँग्रेसले बुझायो ज्ञापन पत्र
सोमबार, चैत ०५, २०८० मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया,चैत ५(फरकसमाचार)/ फागुन २४ गते बढैयाताल गाउँपालिका–६ जिपुरका भगत नेपालीमाथि भएको घटनामा संलग्न दोषीलाई कारवाहीको माग गर्दै नेपाली काँग्रेस जिल्ला कार्य समिति बर्दियाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । घटनामा संलग्न दोषीको पहिचान गरि कडा कानुनी कारवाहीको माग गर्दै आइतबार नेपाली काँग्रेस बर्दियाका सभापति अरुण प्रकाश सिंह राठौरले प्रजिअ बेद प्रसाद खरेललाई ज्ञापन पत्र बुझाएका हुन् ।

नेपाली मध्यपश्चिम क्याम्पसका क्याम्पस प्रमुख तथा नेपाली काँग्रेस बढैयाताल गाउँ कार्य समितिका सभापति हुन् । बढैयाताल देखि नेपालगंज पढाउन जाने क्रममा फागुन २४ गते बिहान साढे ५ बजे बढैयाताल गाउँपालिका–३ मान झुण्डी सामुदायिक वन जंगलको मोडमा दुई वटा मोटरसाईकलमा आएका अपरिचित व्यक्तिले आक्रमण गर्न खोज्दा मोटरसाईकल छोडेर ज्यान जोगाउने उदेश्यले भाग्दा रुखमा ठोकिएर घाँटीमा गम्भिर चोट लागेको नेपालीले जानकारी गराएका छन् ।

सभापति नेपालीमाथि सांघतिक आक्रमण हुनु भनेको सिङ्गो नेपाली काँग्रेस पार्टी प्रति प्रहार भएको ज्ञापन पत्रमा उल्लेख छ । सभापति माथि योजनावद्ध ढंगले आक्रमण भएको घटना प्रति नेपाली काँग्रेस बर्दियाले खेद व्यक्त गर्दै घोर भत्र्सना गर्दछ । घटना भएको यतिका दिन बितिसक्दा स्थानीय प्रशासनले चासो नदेखाउँदा अझैसम्म दोषीहरुको पहिचान गर्न नसकेको आरोप छ ।

यस घटनालाई स्थानीय प्रशासनले गम्भिरतापुर्वक नलिएको ज्ञापन पत्रमा खुलाईएको छ । यस घटनामा संलग्न दोषीलाई पहिचान गरि १५ दिन भित्र कारवाही गरिएन भने नेपाली काँग्रेस सशक्त संघर्षमा होमिन बाध्य हुने ज्ञापन पत्रमा उल्लेख छ । संघर्षमा होमिदा उत्पन्न हुने परिस्थितिको सम्पुर्ण जिम्मेवारी स्थानीय प्रशासनले लिनुपर्ने उल्लेख गरिएको ज्ञापन पत्र प्रजिअलाई बुझाईएको सभापति राठौरले जानकारी दिए ।

त्यसैगरि किसानलाई रासायनिक मलखाद, बिउबिजन र किटनाशक औषधी सहज रुपले उपलब्ध गराउन ज्ञापन पत्रमार्फत प्रशासनको ध्यानाकर्षण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय