लागु औषध मुद्दाका फरार कसुरदार पक्राउ
बुधबार, चैत ०७, २०८० मा प्रकाशित

बर्दिया,चैत ७(फरकसमाचार)/लागु औषध मुद्दाका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिकाका २५ वर्षिय बिकास चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

विस २०८० असार १० गते लागु औषध (ब्राउन सुगर)मुद्दामा अदालतले चौधरीलाई १ महिना ६ दिन कैद सजाय तोकेको थियो । अदालतले सजाय तोकेको दिन देखि चौधरी फरार रहेका थिए ।

चौधरी आफ्नै घरवतनमा लुकिछिपि बसेको अवास्थामा प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी तुल्सीराम आर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय