पाँचौ अध्यक्ष कप फुटबल प्रतियोगिता बढैयातालमा हुँदै
बुधबार, चैत ०७, २०८० मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया,चैत ७/ पाँचौं बर्दिया जिल्ला पालिका स्तरिय अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता चैत्र २४ देखि बढैयाताल गाउँपालिका– ८ मयुर युवा क्लबको खेल मैदान नयाँ बस्तीमा हुने भएको हो । जिल्लाका आठ वटै पालिकाका टिम अध्यक्ष कप फुटबल प्रतियोगितामा सहभागि हुने छन् । प्रतियोगिता कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा हुनेछ ।

फुटबल प्रतियोगितको लागि आवश्यक बजेट बिगत बर्षहरुमा बढैयाताल गाउँपालिकाले दिदै आएको थियो । यस बर्ष बजेट अभाबका कारण आवश्यक बजेट संघसस्था र प्रायोजकबाट आउने रकमबाट सप्पन्न हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दर मान श्रेष्ठले मंगलबार पत्रकार सम्मेलनमा बताए ।

प्रतियोगितामा कुल नौ लाख खर्च हुने अनुमान गरिएको जनाईएको छ । फुटबल प्रतियोगितामा प्रथम पुरस्कार १ लाख द्वितिय पुरस्कार ५५ हजार मेन अफ द म्याच ९ हजार, ट्रफि मेडल २० हजार, प्रमाण पत्र र बिधागत पुरस्कारको ब्यवस्था गरिएको जनाईएको छ ।

युवा खेलकुदको सम्भावनालाई मध्यनजर गर्दै युवाहरूको जोसजागर, सिर्जनशिलता, कला क्षमता, सीप र ज्ञानको बिकासको लागि निरन्तर पाँचौ बर्दिया जिल्ला पालिका स्तरिय अध्यक्ष कप फुटवल प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर