‘कुर्सी जोगाउन गठबन्धन गर्ने र भत्काउने धन्दा गरिएको छ’
बिहिबार, चैत ०८, २०८० मा प्रकाशित

बर्दिया,चैत ८(फरकसमाचार)/ कुर्सी जोगाउन गठबन्धन गर्ने र भत्काउने धन्दा गरिएको पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले बताएका छन् । राष्ट्रिय मुक्ति क्रान्ति अभियानको क्रममा देश दौडाहामा निस्केका महतोले बुधबार गुलरियामा पत्रकारसंगको भेटघाटमा गठबन्धन बारे यस्तो धारणा दिएका हुन् ।

कसैलाई प्रधानमन्त्रीको कुर्सी पाउन, त्यो कुर्सी जोगाउन गठबन्धन गर्ने र भत्काउने धन्दा बाहेक कुनै काम नभएको महतोले टिप्पणी गरेका छन् । वर्तमान गठबन्धन प्रति देश र जनताको कुनै चासो नरहेको महतोले जिकिर गरे । ‘जो गठबन्धन बनाए पनि,जो प्रधानमन्त्री बनेपनि कुरा त उही हो’महतोले भने,‘केही फरक पर्नेवाला छैन ।’

३४ वर्षमा ठुला दलले देशलाई यो स्थितीमा पु¥याएको महतोले आरोप लगाए । ‘जस्तो गठबन्धन बनाए पनि देशलाई अगाडि बढाउने कुनै सोच र एजेन्डा छैन’महतोले भने,‘गठबन्धनको एउटै एजेन्डा हो,कुर्सीमा कसरी पुग्ने र कुर्सीलाई कसरी जोगाउने ।’ त्यस बाहेक कुनै एजेन्डा नरहेकोले वर्तमान गठबन्धनको बारेमा मेरो कुनै चासो नरहेको सुनाए ।

देशमा एकल नस्लिए पार्टी र सत्ता देखिएको महतोको जिकिर छ । त्यो हुनु हुदैन । नेपाल बहुल जाति राष्ट्र हो । त्यसैले सत्तामा सबै जातजातिको सामान अधिकार हुनुपर्छ । विगतमा ९० प्रतिशत जनमत हासिल गरेका काँग्रेस, एमाले र माओवादीले नीति निर्माणको तहमा पुगे । त्यस स्थानमा आदिवासी जनजाति, थारु र मधेसी कहिले पनि पुगेनन । अधिकार पहिचानको लागि व्यक्तिगत रुपमा सडक, सदन र सरकारसंग लडेको महतोले भनाई राखे । देशमा वर्तमान अवस्थामा रहेका पार्टीहरु एकल वादी रहेको महतोले दावी गरे ।

नागरिक उन्मुक्ति पार्टी पनि एकल नश्लिए पार्टी हो । थारु जातिको मात्र कुरा गर्छ । त्यसैगरि मधेशवादी पार्टी पनि एकल नश्लिए पार्टी हुन् । मधेसीहरुको मात्र कुरा गर्छन् । त्यसैगरि काँग्रेस,एमाले र माओवादीलगायतका एकल नश्लिए पार्टीले एकल जातिको मात्र कुरा गर्छन् । देशमा वर्तमान अवस्थामा जति पनि पार्टी छन् बहुल राष्ट्रको चिन्तनबाट नबनेको महतोले दावी गरे ।

सबै पार्टी एकल भए । हिमाल, पहाड मधेश सबैको लागि पार्टी नै निर्माण भएन । राष्ट्रिय मुक्ति क्रान्तिबाट बहुल राष्ट्रिय राज्यको मुल्य मान्यताबाट जुन क्रान्ति हुने हो पुर्ण संरचना बन्ने धारणा व्यक्त गरे । यस अभियानबाट शक्ति निर्माण भएर राजनीतिक दल निर्माण हुने जानकारी समेत दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय