ग्लोबल आईएमई क्यापिटलद्वारा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम
बिहिबार, चैत ०८, २०८० मा प्रकाशित

बर्दिया, चैत ८ (फरकसमाचार) / ग्लोबल आईएमई क्यापिटल लिमिटेडले विद्यार्थीहरुका लागि वित्तिय साक्षरता कार्यक्रम गरेको छ । “Global Money Week-2024” Protect your money, secure your future भन्ने नाराको आत्मसाथ गर्दै गुलरिया नगरपालिका–५, बर्दिया स्थित जनज्योति माध्यमिक विद्यालयमा बिहीबार ग्लोबल आईएमई क्यापिटलले साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा ग्लोबल आईएमई क्यापिटल लिमिटेड मर्चेन्ट बैंकिङ्ग डिपार्टमेन्टका तर्फबाट कर्मचारी बिजेता शाक्य र ईन्भेष्टमेन्ट बैंकिङ्गका तर्फबाट कर्मचारी अनुशा हमालले धितोपत्र बजार, शेयर बजार, डिम्याट खाता, सेभिङ र इन्भेष्टमेन्टबीचको फरक लगायत विषयमा उपस्थित विद्यार्थीहरुलाई व्यापक जानकारी गराएका थिए ।

कार्यक्रममा जनज्योति मा.वि.का प्रिन्सिपल निर्मल उपाध्याय, शिक्षक, विद्यार्थीलगायतको उपस्थिती रहेको थियो । विद्यार्थीहरुको लागि क्यापिटलले आयोजना गरेको वित्तिय साक्षरता कार्यक्रम प्रशंसायोग्य रहेको प्रिन्सिपल उपाध्यायले धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर