राज्यको हरेक संरचनामा दलितको पहुँच छैन : हेमा सुनार
शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित

बर्दिया,चैत ९(फरकसमाचार) / राज्यको हरेक संचरनामा दलितको पहुँचको अवस्था नरहेको दलित महिला संघकी अध्यक्ष हेमा सुनारले बताएकी छन् । ५९औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा बिहीबार कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष सुनारले यस्तो बताएकी हुन् ।

‘हिजोका दिनमा हाम्रो बुवा बाजेलाई सरसफाई गर्दैनौं, राजनीतिक सचेतना छैन भनियो’अध्यक्ष सुनारले भनिन्,‘आज त्यहि बुवा बाजेको छोरी नातीनि मसंग शिक्षामा राम्रो पहुँच छ, पढेको छु, राजनीतिक विचार बुझेको छु ।’ तर पनि मेरो राज्यको संरचनामा पहुँच छैन । राज्यको हरेक संरचनामा दलितको पहुँच नभएको अवस्था छ । अझै पनि पाखा पारिएको सुनारले भनाई राखिन् ।

‘राज्यले एउटा नारा बनाएको छ’ अध्यक्ष सुनारले भनिन्,‘समृद्धी नेपाल सुखी नेपाली तर, म यहाँबाट उद्घोष गर्न चाहन्छु ६० लाख दलितलाई पाखा पारेर राज्य समृद्धी हुन सक्दैन ।’ पेशाकै आधारमा विभेद गर्ने चलन छ । यस्तो विभेदलाई सच्याउन तपाई हामी सबै लाग्नुपर्ने धारणा राखिन् । राज्यले कानुन बनाएको छ त्यसलाई कार्यान्वय गराउन अघि बढ्नुपर्ने अध्यक्ष सुनारले आग्रह गरिन् ।

५९औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा निकालिएको बृहत ¥याली गुलरिया बजार परिक्रमा गरि राधाकृष्ण चोकमा कोणसभामा परिणत भएको थियो । विभिन्न संघसंस्थाको आयोजनामा ५९औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय