बर्दिया,चैत १०(फरकसमाचार)/ जबरजस्ती करणी गरेको आरोपमा बाँसगढी नगरपालिका–४ का वडा अध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार साँझ प्रहरीले वडा अध्यक्ष बास्तोलालाई पक्राउ गरेको हो । २० वर्षिय महिलाले जबरजस्ती करणी भएको जाहेरी दिएपछि वडा अध्यक्ष बास्तोलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम आर्यालले बताए ।
वडा अध्यक्ष बास्तोलालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको डिएसपी आर्यालले जानकारी दिए।